२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

भारतकाे इलाहावादमा कुम्भमेला शुरु

Logo
जनचर्चा संवाददाता

विराटनगर,१ माघ । भारत उत्तर प्रदेशको प्रयागराज (इलाहावाद) स्थित त्रिवेणी संगममा सोमबारदेखि महाकुम्भ मेला सुरु भएको छ। प्रत्येक १२ वर्षपछि लाग्ने कुम्भ मेला प्रयागराजमा सुरू भएको हो।

त्रिवेणी संगममा स्नानका लागि लाखौँको संख्यामा श्रद्धालु पुगिरहेका छन्। कुम्भ मेलालाई आस्थाको संगमका साथै उत्तर प्रदेश सरकारको प्रशासनिक क्षमताको परीक्षाका रूपमा लिइएको छ।

कुम्भ मेला महाशिवरात्रीका दिन समापन हुनेछ। यसपालि कुम्भ मेलामा ४० करोड श्रद्धालु सहभागी हुने उत्तर प्रदेश सरकारले दाबी गरेको छ।

कुम्भ मेलाका कारण संगमस्थल र सम्पूर्ण प्रयागराज यतिबेला श्रद्धालु, सुरक्षाकर्मी र सफाइकर्मीले भरिभराउ छ। सुरक्षालाई मध्यनजर गरी ठाउँठाउँमा सुरक्षा चेकिङ, ड्रोन, बम निरोधक दस्ताका साथै राष्ट्रिय सुरक्षा गार्ड (एनसजी) परिचालन गरिएको छ।

समुद्रमन्थनको पौराणिक कथा

भागवत पुराणका अनुसार देवता र राक्षसहरूले मिलेर समुद्रमन्थन गर्दा धेरै चिज प्राप्त भए। अन्त्यमा अमृतको कुम्भ (कलश) निस्कियो, जसलाई देवताहरूले चलाखीपूर्वक आफ्नो कब्जामा लिए। राक्षसहरूले  भगवान् विष्णुको वाहन गरुड अमृतको कुम्भ लिएर भागेको चाल पाएपछि विवाद बढ्यो। भागदौड भयो। घडा तानातान भयो। यस क्रममा अमृतको घडाबाट चार थोपा पृथ्वीका चार स्थानमा खसे- प्रयागराज (इलाहाबाद), हरिद्वार, उज्जैन र नासिक। यी चारै स्थानमा कुम्भ मेला आयोजना गरिन्छ। यस्तो मेला प्रत्येक १२ वर्षमा सूर्य, चन्द्रमा र बृहस्पतिका विशेष ज्योतिषीय स्थितिहरूसँग मेलाएर मनाइन्छ।
प्रयागराजको विशेष महत्त्व त्यहाँका तीन पवित्र नदीहरूको संगमका कारण छ- गंगा, यमुना र पौराणिक सरस्वती। यसलाई त्रिवेणी संगम भनिन्छ। हिन्दु धार्मिक मान्यताअनुसार यो स्थान आध्यात्मिक शक्तिकेन्द्र हो। यस कथा र स्थानको आध्यात्मिक महत्त्वकै कारण कुम्भ मेलाले धार्मिकता, परम्परा र आस्थाको अनुपम संगमलाई उजागर गर्दछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]