२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

विराट एक्स्पो २०२५मा उद्योगको गुणस्तर स्वः परीक्षण गर्ने सुविधा

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, माघ ०७, २०८१

२०८१ माघ ०७, विराटनगर
उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म हुने आठौ सस्करणको विराट एक्स्पोले नयाँ लगानीकर्ताले उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने गुणस्तरीय व्यवस्थापन प्रणालीका वारेमा जानकारी दिने छ ।

त्यसकालागि आयोजक उद्योग संगठन मोरङले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको सुरुवाती चरण अन्र्तगत एक्स्पो स्थलमा गुणस्तरीय व्यवस्थापन प्रणाली र स्वः परीक्षणको व्यवस्था गरेको छ ।

माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु हुने एक्स्पोमा उद्योगी व्यवसायीले आफ्नो उद्योग, औद्योगिक प्रतिष्ठानहरुको गुणस्तर मापदण्ड प्रणाली अनुसार कस्तो अवस्थामा छ, अनुपालना गर्नु पर्ने प्रावधानहरुको पालना भएको छ छैन लगायत समग्र आफ्नो उद्योगको अवस्था एवं क्षमताका बारेमा स्वः गुणस्तरिय व्यवस्थापन प्रणालीको परिक्षण गर्न सक्ने छन ।

एक्स्पो अवधिमा डिजिटल प्लेटफर्म मार्फत आफै मोबाइल मार्फत आफ्नो उद्योगको व्यवस्थापकिय क्षमताका आँकलन गर्ने र त्यसको नतिजा तुरुन्त प्राप्त गर्ने व्यवस्था एक्स्पोले मिलाईएको छ । यो स्वः परिक्षण नतिजाले गुणस्तर मापदण्डको प्रमाण पत्र प्राप्त गर्न के के गर्नु पर्दछ, कुन कुन बिषयमा क्षमता विकास गर्नु पर्दछ भन्ने बारे जानकारी उपलब्ध गराउने छ । यो प्लेटफर्म संगठनले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको प्रारम्भिक चरण भएको उद्योग संगठनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]