१९ भाद्र २०८२, बिहिबार
04-09-2025 , Thu
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नूस् : अर्थमन्त्री विष्णुप्रसाद पौडेल

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, माघ ०७, २०८१

काठमाडौँ ,७ माघ ।  कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यस बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकका रूपमा मान्यता पाएको थियो ।

बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको क्षमता, सामर्थ्य, बैंकको प्रतिष्ठा र बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन बैंकका सबै कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

उनले बैंक सबल, प्रभावकारी र बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीहरूको इज्जत माथि उठ्ने भएकाले बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘विशेषगरी बैंकको व्यवस्थापन र कर्मचारी साथीहरूका बीचमा जीवन्त सम्बन्ध हुनुपर्छ । जहाँ राम्रो सम्बन्ध हुन्छ त्यहाँ प्रगति हुन्छ । म सबै कर्मचारीहरूलाई आग्रह गर्न चाहन्छु । यहाँहरूले सबैभन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ, बैंकको प्रतिष्ठा र बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउनु पर्दछ । बैंक सबल भयो, बैंक प्रभावकारी भयो, बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीहरूको इज्जत माथि उठ्छ ।’

साथै, उनले प्रायः व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगति गर्न नसकेको बताए । उनले हरेक बैंकहरूले रोजगारी सिर्जना हुने ठाउँमा आफ्नो लगानी गर्न समेत आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

विराटनगर,१७ भदौ । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । बेलुका १० बजे गरिएको जल सतह मापन अनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ […]