१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लायन्स क्लब अन्तर्राष्ट्रियको सहयोगमा दमकमा सुबिधा सम्पन्न आइसियु निर्माण हुने

Logo
सुभास भण्डारी

दमक,माघ ८।  लायन्स क्लब अन्तर्राष्ट्रिय डीस्ट्रीक्ट ३२५ सी को बिशेष अग्रसरता र दमकमा रहेका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिकाको सहभागितामा दमक स्थित दमक अस्पतालमा सुबिधासम्पन्न आइसियु निर्माण हुनेभएको छ । लयान्स डिस्ट्रीक्ट ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउन्डेसनले दमकका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिका समेतको सहभागितामा निर्माण हुने आइसियु का लागि बजेट छुट्यादिएको हो ।

अधिकारीका अनुसार फाउन्डेसनले संसार भरी नै आवश्यकताका आधारमा बिभिन्न सेवका कार्यका लागि सहयोग गर्ने गर्दछ । सोहि आधारमा ३२५ सी को माग बमोजिम सहयोग गर्न फाउन्डेसन तयार भएको हो । दमकमा सरकारी अस्पताल भए पनि सुबिधा सम्पन्न आइसियुका अभावमा बिरामीलाई बिराटनगर धरान तथा भद्रपुर सम्म रिफर गर्नुपर्ने अवस्था रहेको थियो । तर लायन्सले सुबिधा सम्पन्न आइसियु निर्माण गरिदिने भए पछि सो अप्ठ्यारो अवस्थाको अन्त्य हुने बिश्वास लिइएको छ ।

भवन निर्माणका लागि लागि करिब साढे दुई करोड लाग्नेमा लायन्स फाउन्डेसनले १.५ लाख डलर ( नेपाली रुपैयाँ दुई करोड ) र स्थानीय क्लब तथा नगरपालिकाले म्याचिङ फण्डका रुपमा ५० लाख जुटाउने छन । गभर्नर अधिकारीका अनुसार सबै प्रक्रिया अन्तिम चरणमा पुगेको र चाडै नै शिलान्यास गरि आइसियु निर्माणलाई तिब्रता दिइने छ भने बैशाख सम्म सम्पुर्ण निर्माण पूरा गरि अस्पताललाई हस्तान्तरण गरिने छ । लायन्स ले पुनःनिर्माण ,बाढी पहिरो भुकम्पमा परि पिडामा रहेका जनताको सेवा , शिक्षा स्वास्थ तथा सेवाका अन्य कार्यमा समेत सहयोग गर्दै आएको छ । केही समय अघि कोशी प्रदेशमा आएको बाढीका कारण सम्स्यामा परेका जनतालाई लायन्स फाउन्डेसनको सहयोगमा झापा ,मोरङ, सुन्सरी ,पाचथर लगायतका क्षेत्रमा २० लाख भन्दा बढिको खाधान्न , लत्ताकपडा , भाडाकुडा लगायतका सामाग्री प्रदान गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]