१९ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

दोभाषी व्यवस्थापनमा आर्थिक संकट: ७० लाखको माग

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, माघ १०, २०८१

विराटनगर, १० माघ | कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अपाङ्गता तथा बहिरा व्यक्तिहरूको हकअधिकार संरक्षणमा पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार सुरु भएको तीनदिने गोष्ठीमा साङ्केतिक भाषाका लागि नयाँ शब्द संकलन र निर्माणमा जोड दिइएको छ। वर्तमानमा बहिरा समुदायका लागि केवल ४ हजार शब्द उपलब्ध छन्, जबकि सबै विषयवस्तुमा संवाद गर्न ७ हजार शब्दको आवश्यकता रहेको छ।

नेपाल बहिरा महासंघका कोशी प्रदेश समितिका अध्यक्ष सीताराम ओझाले १५ जना दोभाषेको आवश्यकता रहेको र वार्षिक ७० लाख रुपैयाँ लाग्ने बताए। तर सरकारले ५० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ।

कार्यक्रममा बहिरा शिक्षक संघ, राष्ट्रिय बहिरा क्रिकेट संघ, पत्रकार महासंघ लगायतका संघ संस्थाका प्रतिनिधिहरू सहभागी भए। गोष्ठी शुक्रबारसम्म चल्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार १९ । विराटनगरको लर्डबुद्ध कलेजमा कक्षा ११ को प्रवेश परीक्षामा परिक्षार्थीकाे ठूलो घुँइचाे देखिएकाे छ। बिहिबार लिईएकाे प्रवेश परीक्षामा कुल ७५६ जना विद्यार्थी सहभागी भए। यीमध्ये ५४० जनालाई कलेजमा भर्ना गरिनेछ। एसईईमा ४.० जिपिए ल्याउने ५ जना विद्यार्थीले प्रवेश परीक्षामा भाग लिएका छन्। यी सबैलाई कलेजले पूरै फिस माफ गरेर पढाउने छ। कलेजका प्रिन्सिपल […]

विराटनगर, असार १८ ।  विराटनगर वार्ड नं. ५ को सिद्धकाली आधारभूत विद्यालयमा नयाँ भवन हस्तान्तरण भएको छ। रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ड कार्यक्रमबाट निर्मित भवनहरू विद्यालय व्यवस्थापन समितिलाई सुम्पिएको हो। आईतवार मेयर नागेश कोइरालाको उपस्थितिमा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब विराटनगरले भवन हस्तान्तरण गरेको छ। करिब ५० लाख रुपैयाँ लागतमा चार वटा भवन निर्माण गरिएको छ।   […]

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]