०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

गायत्री मन्दिरलाई साझा धरोहर बनाइने

Logo
जनचर्चा संवाददाता

झापा,,१३ माघ ।  कोशी प्रदेशमै  पहिलो पटक भव्यरुपमा  बिर्तामोड ५ अग्रसेन भवननजिक नवनिर्मित गायत्री माताको मन्दिरलाई जातीय सहिष्णुताको खुला धार्मिकस्थलको रुपमा  विकसित गरिने भएको छ । अढाई करोड रुपैयाँको लागतमा  बनेको  आकर्षक गायत्री माताको  त्यस मन्दिरलाई हरेक जातजाति , धर्म  र समुदायको  लागि साझा धरोहर बनाउने गरी  मन्दिर निर्माण  समितिले तयारी थालेको हो । त्यस गायत्री मन्दिरमा साझा रूपमा  सबैले पूजा–अर्चना र श्रद्धा गर्न पाउँछन् ।

हरेक धर्मका  धर्मावलम्बीहरुले एउटै ठाउँमा गायत्री माताको आशीर्वाद  प्राप्त गर्न सक्छन्  । गायत्री मन्दिर जति सुन्दर छ, धार्मिक र सांस्कृतिक सहअस्तित्वका हिसाबले उत्तिकै उदाहरणीय बनाइने  मन्दिर निर्माण समितिका अध्यक्ष रौनक वंशलले बताए । हालसम्म  ९२ वटा संघ संस्थाले  गायत्री मन्दिरप्रति अपनत्व जनाइसकेका छन् ।  त्योसंगै त्यहाँ आयोजना हुने पाँच दिवसीय धार्मिक अनुष्ठान सफल बनाउने  ती संस्थाहरुले सामूहिक प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।  यो मन्दिरलाई कुनै समुदाय विशेषको मात्र नभएर सबैको साझा  धरोहरको रुपमा  विकास गर्न लागिएको  अध्यक्ष वंशलले बताए ।

सो मन्दिरलाई  व्यवस्थापन गर्न  सबै जातजातिको प्रतिनिधित्व हुनेगरी व्यवस्थापन समिति निर्माण गरिने  भएको छ ।   पाँच दिवसीय अनुष्ठान  सम्पन्न भएपछि  व्यवस्थापन समिति निर्माण गरिने भएको हो ।  मन्दिर निर्माणका लागि खर्च भएको आयव्यय सार्वजनिक गरिसकेपछि  मन्दिरलाई दीगो र व्यवस्थित रुपमा संचालन गर्ने गरी  व्यवस्थापन समिति बनाइने  मन्दिर निर्माण समितिका अध्यक्ष वंशलको भनाई छ ।  बिर्तामोड – ५ स्थित अग्रसेन भवन दक्षिणपट्टि स्थानीय दानवीर, कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो ।

सो मन्दिर २०८० साल जेठ १७ गतेबाट निर्माण शुरु भएको थियो । मन्दिर निर्माण भएसंगै बिर्तामोड नगरपालिकामा पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको छ । यही माघ २१ गते मन्दिर उद्घाटनसंगै गायत्री माताको विधिपूर्वक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक वंशलले जानकारी दिए । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माताको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलले बताए । माताको प्राण प्रतिष्ठा गर्नुअघि मन्दिर परिसरबाट निकालिने शोभायात्राले बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै माघ १७ गते प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन आयोजना गरिएको कार्यक्रम संयोजक वंशलको भनाई छ ।

माघ १७ देखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने बताइएको छ ।

भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मा,साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]