१९ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

आज सहिद दिवस देशभर मनाइँदै

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, माघ १६, २०८१

काठमाडौँ ,१६ माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ।

विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ। सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ। यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ। प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।

यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा कार्यक्रमको तयारी भएको जनाइएको छ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती ९स्मारक० यज्ञडोल ९जगडोल० सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।

विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो। त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ। सहिद गेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन्।

पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ। स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जली अर्पण गर्ने गरी तयारी गरिएको छ। विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार १८ ।  विराटनगर वार्ड नं. ५ को सिद्धकाली आधारभूत विद्यालयमा नयाँ भवन हस्तान्तरण भएको छ। रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ड कार्यक्रमबाट निर्मित भवनहरू विद्यालय व्यवस्थापन समितिलाई सुम्पिएको हो। आईतवार मेयर नागेश कोइरालाको उपस्थितिमा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब विराटनगरले भवन हस्तान्तरण गरेको छ। करिब ५० लाख रुपैयाँ लागतमा चार वटा भवन निर्माण गरिएको छ।   […]

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]