३० बैशाख २०८२, मंगलबार
13-05-2025 , Tue
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

प्राविधिक शिक्षाको विकासमा सरकारले प्रभावकारी लगानी गर्नुपर्छ : डा.शेखर कोइराला

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, माघ १७, २०८१

विराटनगर,१७ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्राविधिक शिक्षाको विकासमा सरकारले प्रभावकारी लगानी गर्नुपर्ने वताएका छन् । बुधबार कृष्णप्रसाद कोइराला सेवागुठी तथा सि.टि.इ.भि.टि को साझेदारीमा सञ्चालित शैलजा आचार्य स्मृर्ति पोलिटेक्निकको २३ औं वार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा वोल्दै डा.कोइरालाले यस्तो वताएका हुन् ।

उनले अहिले पनि राज्यले प्राविधिक शिक्षा दिने संस्थाहरुमा समुचित लगानी गर्न नसकेको वताए । उनले भने ,”सरकारको सहयोग विना यसखाले संस्था चल्न कठिन हुन्छ । जुन संस्थाको उदेश्य प्राप्तिमा पनि सफलता मिल्दैन ।” शैलजा आचार्यले त्यसवेला ग्रामिण वस्तिमा पोलिटेक्निक खोलेर बहुप्राविधिक शिक्षा दिन खोज्नु,गरिव ,अतिविपन्न परिवारका विद्यार्थी पढ्ने वातावरण वनाउनु आफैमा उदाहरणीय  भएको कोइरालाले बताए । वैचारिक ,शैक्षिक ,सामाजिक र राजनैतिक क्षेत्रमा शैलजा आचार्यले दिनुभएको योगदान अतुलनीय  रहेको उनको भनाइ थियो ।

यस्तै पूर्व मुख्यमन्त्री केदार कार्कीले शैलजा आचार्यले सोच्नु भएको दीर्घकालीन  सोचका कारण ग्रामिण क्षेत्रका विपन्न विद्यार्थीहरुले पनि प्राविधिक शिक्षा हासिल गरी रोजगार बन्न सफल भएको बताए । नेतृत्वले सहि निर्णय गरे भावी पुस्ताले पनि सेवा पाउदै जाने उनको भनाई थियो ।

त्यस्तै कोशी प्रदेशका सांसद गयानन्द मण्डलले शैलजा आचार्य पोलिटेक्निकले ग्राम बस्तिमा रहेर प्राविधिक शिक्षा पढ्न चाहनेहरुको सपना पूरा गरेको वताए । उनले पनि आचार्यको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रहसन गरेका थिए । उक्त अवसरमा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान समेत गरिएको पोलिटेक्निकका प्रिन्सिपल सन्तवहादुर अधिकारीले जानकारी दिए ।

पोलिटेक्निक अध्यक्ष मीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जहदा गाउँपालिका उपाध्यक्ष हना सुरेन,गुठीका कोषाध्यक्ष मोहनलाल महत्तो,गुठीका सदस्य विकास पराजुली,जवाहर लाल मण्डल,समाजसेवी पुनम कोइराला,ज्योती आचार्य, नेपाल पत्रकार महास‌ंघ माेरङका काेषाध्यक्ष काैशल निराैला लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२९ बैशाख। पूर्व न्यायाधीश फोरमले वर्तमान संविधान लागू भएको दश बर्ष बितसक्दा पनि मुलुकमा कानूनको सर्वाेच्चता स्थापित हुन नसकेको जनाएको छ । फोरमद्वारा कानून दिवस २०८२ को उपलक्षमा काठमाडौंमा आयोजित कानूनी राज्य संरक्षणमा न्यायपालिकाको अपेक्षित भूमिका बिषयक छलफल कार्यक्रम पछि जारी विज्ञप्तिमा  मुलुकको शासन व्यवस्था कानून अन्तर्गत अनुशासित,उत्तरदायी र मर्यादित हुँदै जानुको सट्टा स्वेच्छाचारिता […]

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]