२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

योगी आदित्यनाथसँगै भुटानी राजाले पनि महाकुम्भमा लगाए डुबुल्की

Logo
जनचर्चा संवाददाता

विराटनगर, माघ  २३ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा मुख्यमन्त्री आदित्यनाथसँगै भुटानी राजा जिग्मे खेसर नामग्याल वांगचुकले पनि संगमस्थलमा डुबुल्की लगाएका छन्। भुटानी नरेशले गंगा पूजा र आरती गरेका थिए। त्यसपछि अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन तथा पूजा गरेका थिए।

योगी आदित्यनाथ भुटानी राजालाई लिएर लखनउबाट विमानमा बमरौली एयरपोर्ट पुगेका थिए। त्यहाँबाट सडकमार्ग हुँदै कुम्भमा स्नान गर्न पुगेका हुन्। अरैलीले घाटबाट बोटमा सवार भएर संगम पुगेर डुबुल्की लगाएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।

योगी तथा भुटानका राजाको आगमनसँगै हनुमान मन्दिर तथा अक्षयबटमा श्रद्धालुहरुका लागि ढोका बन्द गरिएको थियो। साँझ ४ बजेपछि श्रद्धालुका लागि उक्त स्थान खोलिने कार्यतालिका रहेको छ।

५ फेब्रुअरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महाकुम्भमा जाने कार्यतालिका रहेको छ। मोदीको आगमनलाई ध्यानमा राख्दै योगीले हेलिप्याडदेखि अरैलीघाटदेखि संगमस्थल सम्मको व्यवस्थापन हेरिरहेका छन्।

महाकुम्भको आज २३ औँ दिन हो। अहिलेसम्म ३७ करोड मानिसहरुले डुबुल्की लगाएको जनाइएको छ। आज बिहान १० बजेदेखि ४२ लाख बढीले स्नान गरिसकेका छन्। सोमबार अर्थात वसन्त पञ्चमीका दिन करिब २.३३ करोडले स्नान गरेको भारतीय सञ्चार माध्यामले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]