२१ साउन २०८३, बिहिबार
06-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिन मेयर कोइरालाको आग्रह

Logo
जनचर्चा संवाददाता

विराटनगर,२७ माघ /  विराटनगरस्थित भानु कलेजले पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार विशेष समारोह आयोजना गरेर कलेजले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको हो । एमवीवीएसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने पुज्जल खड्का, वीएससी नर्सिङमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने सपना साह, कृषि तथा वन विश्वविद्यालयमा भेटनरी डाक्टरमा छात्रवृत्ति पाउन सफल अनुराग मञ्जिल गेलालसहित पूर्वविद्यार्थी इन्जिनियर तथा सहज निर्माण सेवा प्रालिका संस्थापक आनन्द शर्मा र अर्गानिक घरका संस्थापक युवा उद्यमी अभिषेक गौतमलाई कलेजले सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठलगायतले अविर, टीका, खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्वरोजगारमूलक र व्यवहारिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले प्रविधिमैत्री शिक्षाले मात्रै उत्पादित जनशक्तिले सहजै रोजगारी प्राप्त गर्न सक्ने उल्लेख गर्नुभयो । प्राविधिक र व्यवहारिक शिक्षा बिना रोजगारीका अवसर प्राप्त नहुने मेयर कोइरालाको भनाइ थियो ।

त्यस्तै प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौला, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख शालिग्राम दाहाल, नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, कलेजक निर्देशक डा. नरेन्द्रकुमार चौधरी, सल्लाहकार समितिका सदस्य प्रा.डा. देवेन्द्र अधिकारी, देवेश प्रधान, कलेजका संयोजक रमेश पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कलेजले फन फिष्टाअन्तर्गत विभिन्न विज्ञान र खानाको प्रदर्शनीसमेत आयोजना गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]