२० आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

लोकनृत्यमा पोखरिया स्कुल महानगर प्रथम

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, माघ २८, २०८१

विराटनगर,२८ माघ । विराटनगर महानगरपालिकाले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा विराटनगरस्थित पोखरिया मावि प्रथम भएको छ । विराटनगर–४ स्थित श्री मावि कञ्चनबारीले संयोजन गरेको प्रतियोगितामा २३ वटा सामुदायिक विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । प्रतियोगितामा आदर्श मावि द्वितीय, मदननगर आधारभूत विद्यालय तृतीय र श्री मावि कञ्चनबारीले सान्त्वना स्थान प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः २०, १५ र १० हजार नगदसहित शिल्ड, ट्रर्फी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन महानगरका मेयर नागेश कोइरालाले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यार्थीको चौतर्फी विकासका लागि महानगरले काम गरिरहेको बताउनुभयो । उहाँले पठनपाठनसँगै अन्य गतिविधिमा समेत सक्रिय हुन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापा, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, श्री मावि कञ्चनबारीका व्यवस्थापन समितिका अध्यक्ष गुणराज खनाल, प्रधानाध्यापक राजेन्द्र घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा २३ सामुदायिक विद्यालयका २ सयभन्दा बढी विद्यार्थीले नृत्य प्रस्तुत गरेको महानगरको शैक्षिक महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । विद्यार्थीको क्षमता विकासका लागि महानगरले लोकनृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, विज्ञान प्रदर्शनीलगायतका विभिन्न अतिरिक्त क्रियाकलापसमेत गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २० । निजी कलेजहरूलाई समेत चुनौती दिँईरहेकाे देशकै शीर्ष सरकारी विद्यालयहरूमध्ये पर्ने विराटनगरकाे पोखरीया विद्यालयले शुक्रवार कक्षा ११ को पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। प्रवेश परीक्षामा विज्ञान (Science) विषयमा २६० जना र व्यवस्थापन (Management) विषयमा १५५ जना गरी कुल ४१५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। सरकारी विद्यालयको प्रवेश परीक्षामा यो […]

विराटनगर, असार २० । गुणस्तरीय शिक्षाका लागि प्रसिद्ध विराटनगर महानगरपालिका-७ स्थित मेरिल्याण्ड कलेजले बिहीबार ऐतिहासिक कदम चाल्दै पहिलो पटक विज्ञान विषयको प्रवेश परीक्षा सञ्चालन गर्‍यो। जसमा  कुल ४७७ जना विद्यार्थीहरूले सहभागिता जनाए। कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विज्ञान संकायमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कलेज व्यवस्थापनमा थप उत्साह भरेको भएको प्रतिक्रिया दिनुभयो। “हाम्रो संस्थाले पहिलो पटक विज्ञान विषयमा […]

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने र छानबिनको सहजीकरणको लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग कायमै राखेको छ । रास्वपाको सचिवालय बैठकमा पार्टीले लिएको अडान बारे छलफल भएको र अडान कायम राखी संसद्मा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय भएको बताइएको छ । […]