१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सुन्दरहरैंचा विराट एक्स्पो: विधार्थीलाई ज्योतिष सम्बन्धि प्रशिक्षण दिदै

Logo
जनचर्चा संवाददाता

सुन्दरहरैंचा, माघ ३० ।   नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले मङ्गलबार सुन्दरहरैंचाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ज्योतिषसम्बन्धी आधारभूत प्रशिक्षण दिएको छ ।

परिषद्को दोस्रो बोर्ड बैठक तथा प्रशिक्षण कार्यक्रम आज सुन्दरहरैंचाको औद्योगिक प्रदर्शनी स्थलमा सम्पन्न भएको हो । सिद्धार्थ सेकेण्डरी स्कुल र ब्राइट फ्युचर सेकेण्डरी स्कुलका १ सय जना विद्यार्थीलाई परिषद्को कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला तथा निवर्तमान कोशी प्रदेश अध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख सन्तोष पोखरेलले प्रशिक्षण दिएका थिए ।

ज्योतिषसम्बन्धी जानकारी नभएकाले ज्ञान लिने सही उमेर पहिचान गरी कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई एक्स्पो स्थलमा प्रशिक्षण दिइएको परिषद्का प्रदेश अध्यक्ष निरौलाले जानकारी दिए । उनले वास्तुसम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण विभाग प्रमुख पोखरेलले विद्यार्थीलाई पञ्चाङ्गसम्बन्धी जानकारी दिएका थिए । सम्पूर्ण ब्रह्माण्ड र विज्ञान नै ज्योतिषीय प्रमाणका आधारमा सञ्चालन भइरहेको उनले विद्यार्थीलाई जानकारी दिए ।

सुन्दरहरैंचा विराट एक्स्पोको औपचारिक उद्घाटनको पूर्व सन्ध्यामा एक्स्पो स्थलमा स्वस्तिवाचन गरेर एक्स्पो सफलताको कामना गरिएको थियो । कार्यक्रममा सुन्दरहरैंचा विराट एक्स्पो ४ मूल समारोह समितिका संयोजक भोलेश्वर दुलाल, नेपाल ज्योतिष परिषद्का अध्यक्ष विश्वप्रकाश लामिछाने, महासचिव नगेन्द्र रोइला लगायतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]