०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा किशाेरी सेल्फ डिफेन्स तालिम सम्पन्न

Logo
जनचर्चा संवाददाता

 विराटनगर,५ फाल्गुन । किशोरीहरुमा हुने हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने महिला सेल्फ डिफेन्स तालिम समापन भएको छ । विराटनगरको सत्यनारयण स्कुलमा उक्त तालिम आइतबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले विद्यालय पढने किशोरीहरुलाई आत्मरक्षाको लागि विद्यालयस्तरमा भएको सेल्फ डिफेन्स तालिमले आत्मरक्षाको लागि ठूलो सहयोग पुग्ने बताइन् । ‘हिंसाको थुप्रै घटनाहरु अहिले हुने गरेको छ । त्यसमाथि पनि छोरीहरु धेरै जोखिममा रहेका छन् । आत्मरक्षा तालिमले हिंसा रोक्न ठूलो सहयोग पुग्नेछ । आत्मरक्षा तालिम गाउँ–गाउँसम्म पुर्याउन जरुरी रहेको छ,’ उपसभामुख दनुवारले भनिन् ।
कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डको सदस्य थलुराज भण्डारी हिंसा रोकथाम र नियन्त्रणको लागि महिलाहरुलाई सेल्फ डिफेन्स तालिम आवश्यक रहेको बताए । तालिमको सिकेको ज्ञान साथीहरुलाई पनि सिकाएर हिंसा रोकथाम र नियन्त्रण गरेर अगाडी बढनुपर्नेमा उनले जोड दिइन् ।

समापन कार्यक्रमको अध्यक्षता गरेकी समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले किशोरीहरुलाई आत्मरक्षा गर्न सक्षम बनाउनको लागि प्रदेश सरकारसँग समन्वय गरेर काम गर्दै आएको बताइन् । सेल्फ डिफेन्स तालिमले महिलाहरुलाई आत्मविश्वास अभिवृद्धि गरी सामाजिक अपराध न्यूनीकरणमा सहयोग पुग्ने बताइन् । बिहीबारदेखि सुरु भएको उक्त तालिममा १३ वटा विद्यालयका एक सय बढी किशोरीहरुको सहभागि रहेको तालिमको संयोजक तथा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य शान्ता जोशीले जानकारी दिइन् ।
तालिममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रशिक्षक प्रहरी निरीक्षक तोरण परियारले आत्मरक्षाको लागि प्रतिकार गर्ने तरिका, कानूनी व्यवस्था सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए भने प्रहरी सहायक हवल्दार पविता शर्माले सहभागी प्रशिक्षार्थीहरुलाई आत्मरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकमी युनियन कोशी प्रदेशको कोषाध्यक्ष अमिता पोखरेल, विराटनगर महानगर अध्यक्ष भली सुब्बा, सचिव बसन्ती गुरुङ, सत्यनारयण स्कुलका प्रधानध्यापक पुरुषोतम गुरागाइलागयतको सहभागिता रहेको थियो ।प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा भएको सो तालिममको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम ) ले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]