२१ आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले मागे देशवासीकाे साथ

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, फाल्गुण ०७, २०८१

काठमाडौं ,७ फाल्गुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरुलाई आह्वान गरेका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ ।

हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिकोे लागि हामीबाट अरु के के त्याग गर्नु पर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं ।’

पूर्वराजा शाहले आफूहरुको त्यागलाई कमजोरी नठान्न पनि चुनौती दिएका छन् । ‘हामीले जनताको भलो होस भनेर आफ्नो ओहदा र सुख सुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन, र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो ।

हाम्रो त्यागको अर्थ र आसय पनि त्यही नै हो ।’ उनले भने, ‘हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उभो लाग्दैनौ – भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं । विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटी सच्चाएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस् ।’साथै उनले देशको वर्तमान सबै समस्याको जड अहिलेको राजनीतिक नेतृत्वका कारण भएको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]

विराटनगर, असार २० गते । विज्ञान संकायतर्फ नेपालकै उत्कृष्ट मानिने विराटनगरको अरनिको कलेजले भर्नाका लागि नयाँ नियम लागू गरेको छ। कलेजले ‘जुन विद्यार्थी पहिले भर्ना लिन्छ, उसले पढ्न पाउने’ नियम अनुसार भर्ना प्रक्रिया सुरु गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा विज्ञान संकाय तर्फ एक हजार विद्यार्थी भर्ना लिने तयारी पूरा गरेको […]

विराटनगर, असार २० । निजी कलेजहरूलाई समेत चुनौती दिँईरहेकाे देशकै शीर्ष सरकारी विद्यालयहरूमध्ये पर्ने विराटनगरकाे पोखरीया विद्यालयले शुक्रवार कक्षा ११ को पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। प्रवेश परीक्षामा विज्ञान (Science) विषयमा २६० जना र व्यवस्थापन (Management) विषयमा १५५ जना गरी कुल ४१५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। सरकारी विद्यालयको प्रवेश परीक्षामा यो […]