१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

इटहरीमा छैठौं व्हिलचेयर रन २०८१ सम्पन्न

Logo
आकृति रानी फुयल

ईटहरी, फागुन १८ ।  शनिबार १७ औं अन्तर्राष्ट्रिय व्हिलचेयर दिवसको अवसरमा स्पाइनल इन्जुरी संघ, कोशी प्रदेशले आयोजना गरेको ‘छैठौं इटहरी व्हिलचेयर रन २०८१’ सफलतापूर्वक सम्पन्न भएको छ।

महिला र पुरुष छुट्टाछुट्टै समूहमा गरिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरूलाई क्रमशः रु ८ हजार, ६ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।

स्पाइनल इन्जुरी संघ, कोशीका महासचिव राजन बराइलीका अनुसार दुवै समूह गरी ६० जनाको सहभागिता रहेको यस रनमा बिराटनगर, इटहरी, धरान, दमक लगायतका स्थानका व्हिलचेयर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता थियो। प्रतियोगितामा महिला तर्फ रोशनी लामा, दिपकला राई र तृप्ता मगर क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने पुरुष तर्फ बिष्णुकान्त चौधरी, नबिराज राई र निराजन बि.क. विजयी भए।

कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगर उपप्रमुख सङ्गिता चौधरीले आफ्नो नगरमा व्हिलचेयर लगायत अन्य सहायक सामाग्रीहरूको अभाव अब नहुने जानकारी दिइन्। उनले थप बजेट विनियोजन गरी व्यक्तिको नापजाँच अनुसार पहुँचयुक्त व्हिलचेयर वितरण गरिने प्रतिबद्धता व्यक्त गरिन्। साथै उपप्रमुखले अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा सहज होस् भन्नका लागि पुरानै प्रशासनिक भवनबाट सेवा दिइरहने बताइन्।

राष्ट्रिय अपाङ्ग कोषकी सदस्य सचिव भिमा खतिवडाले व्हिलचेयर आवश्यकता अनुसार निःशुल्क र पहुँचयुक्त हुनुपर्ने कुरामा सरोकारवाला निकायको ध्यानाकर्षण गराइन्।

कार्यक्रममा उपप्रमुख चौधरी, सदस्य सचिव खतिवडा, इटहरी नगर कार्यपालिका सदस्य दिनेश रसाइली, नेत्र चौलागाईं लगायत विभिन्न समाजसेवी, बिराटनगर ओपिडी सामर्थ्य समाजका अध्यक्ष चेतनाथ पोखरेल साथै विभिन्न स्थानका अपाङ्गता भएका व्यक्तिहरूद्वारा संचालित संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको स्पाइनल इन्जुरी संघ, कोशीका अध्यक्ष बिक्रम घिमिरेले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]