२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

इटहरीमा छैठौं व्हिलचेयर रन २०८१ सम्पन्न

Logo
आकृति रानी फुयल प्रकाशित आइतबार, फाल्गुण १८, २०८१

ईटहरी, फागुन १८ ।  शनिबार १७ औं अन्तर्राष्ट्रिय व्हिलचेयर दिवसको अवसरमा स्पाइनल इन्जुरी संघ, कोशी प्रदेशले आयोजना गरेको ‘छैठौं इटहरी व्हिलचेयर रन २०८१’ सफलतापूर्वक सम्पन्न भएको छ।

महिला र पुरुष छुट्टाछुट्टै समूहमा गरिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरूलाई क्रमशः रु ८ हजार, ६ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।

स्पाइनल इन्जुरी संघ, कोशीका महासचिव राजन बराइलीका अनुसार दुवै समूह गरी ६० जनाको सहभागिता रहेको यस रनमा बिराटनगर, इटहरी, धरान, दमक लगायतका स्थानका व्हिलचेयर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता थियो। प्रतियोगितामा महिला तर्फ रोशनी लामा, दिपकला राई र तृप्ता मगर क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने पुरुष तर्फ बिष्णुकान्त चौधरी, नबिराज राई र निराजन बि.क. विजयी भए।

कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगर उपप्रमुख सङ्गिता चौधरीले आफ्नो नगरमा व्हिलचेयर लगायत अन्य सहायक सामाग्रीहरूको अभाव अब नहुने जानकारी दिइन्। उनले थप बजेट विनियोजन गरी व्यक्तिको नापजाँच अनुसार पहुँचयुक्त व्हिलचेयर वितरण गरिने प्रतिबद्धता व्यक्त गरिन्। साथै उपप्रमुखले अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा सहज होस् भन्नका लागि पुरानै प्रशासनिक भवनबाट सेवा दिइरहने बताइन्।

राष्ट्रिय अपाङ्ग कोषकी सदस्य सचिव भिमा खतिवडाले व्हिलचेयर आवश्यकता अनुसार निःशुल्क र पहुँचयुक्त हुनुपर्ने कुरामा सरोकारवाला निकायको ध्यानाकर्षण गराइन्।

कार्यक्रममा उपप्रमुख चौधरी, सदस्य सचिव खतिवडा, इटहरी नगर कार्यपालिका सदस्य दिनेश रसाइली, नेत्र चौलागाईं लगायत विभिन्न समाजसेवी, बिराटनगर ओपिडी सामर्थ्य समाजका अध्यक्ष चेतनाथ पोखरेल साथै विभिन्न स्थानका अपाङ्गता भएका व्यक्तिहरूद्वारा संचालित संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको स्पाइनल इन्जुरी संघ, कोशीका अध्यक्ष बिक्रम घिमिरेले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]