०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मनु–मिशनको ‘जिन्दगीको मोटर’ गीत सार्वजनिक

Logo
जनचर्चा संवाददाता

काठमाडाै‌ं, फागुन १८ । लोक आधुनिक विधामा तयार पारिएको ‘जिन्दगीको मोटर’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ। यस गीतमा समय र मानिसहरु बिचको सामिप्यतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

गीतको शब्द र लय श्री मनुले तयार पारेका हुन् भने संगीतकार मिशन शाक्यले संगीत संयोजन गरेका छन्। उल्लेखनीय पक्ष के छ भने यस गीतमा श्री मनु र मिशन शाक्य दुवैले स्वर दिएका छन्।

‘जिन्दगीको मोटर’ शीर्षकको यस गीतलाई युट्युब मार्फत हेर्न र सुन्न सकिनेछ। गीतको भिडियो हेर्नका लागि युट्युबमा उपलब्ध लिङ्क प्रयोग गर्न सकिन्छ। श्री मनु भनेर चिनिने मनु बढाथाेकी यस जनचर्चा डट कमकी सम्‍पादक समेत हुन् ।

गीत सुन्न हेर्न यँहा क्लिक गर्नुहाेस https://youtu.be/u29DbZMt3ug

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]