१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

मकालु साहित्य महोत्सवमा विराटनगरका पत्रकार नवोदित सम्मानित

Logo
जनचर्चा संवाददाता

विराटनगर,१९ फाल्गुन / विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेको चारदिने भव्य समारोहमा नवोदित सम्मानित भएका हुन् । विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय रहेका नवोदितका तीनवटा मौलिक कृति प्रकाशित छन् ।

हाल कारोबार दैनिक र साहित्य पोष्टको कोशी प्रदेश संयोजकको जिम्मेवारीमा रहेका उनले विभिन्न सञ्चारमाध्यमको सम्पादकको भूमिकासमेत निर्वाह गरिसकेका छन् । नवोदितले आफ्ना सिर्जनामा पहाडी ग्रामीण जनजीवनका विषय उठान गर्नुका साथै पत्रकारितामार्फत साहित्यिक तथा सांस्कृतिक विषयलाई आमजनतामाझ पु¥याएका कारण महोत्सवको अवसर पारेर सम्मान गरिएको महोत्सवको संयोजन गरेको मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताए ।

महोत्सवमा वरिष्ठ गायक एवं संगीतकार बुलु मुकारुङ र भारतको आसममा बसेर नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा लामो समयदेखि सक्रिय रण काफ्लेलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री दीपक खड्का, वरिष्ठ साहित्यकार डा. पुष्करदेव भट्ट, मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरीङ शेर्पा, उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकला राई, प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर दर्जी, मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
गत बुधबारदेखि सुरु भएको दक्षिण एशियाली साहित्यिक सांस्कृतिक महोत्सव शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्राज्ञ रमेशरञ्जन झा, खेम नेपाली, बुलु मुकारुङलगायतले मन्तव्य राखेको कार्यक्रममा डा. नीना राई, डा. साङ्मु लेप्चा, लुइस विष्ट, भरत गुरागाईं बर्बरिक, रोहिणी रसिक, विवश बलिभद्र कोइराला, विष्णु न्यौपाने, वीरेश राई, सूर्यनारायण श्रेष्ठ, सुरज माझी, कृष्ण ढुंगेल, सनम थापा, कृष्ण चापागाईं, मीन नेपाली, सुमन रानीलगायत तीन दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रमले मकालु गाउँपालिकालाई मात्रै नभएर सिंगो संखुवासभालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुगेको बुढाथोकीले बताए । पहिलोपटक भएको महोत्सवले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र साहित्यिक विकाससँगै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । चारदिने महोत्सवले नेपाल, भारत, भुटान र बंगलादेशका स्रष्टाहरुलाई जोड्ने काम पनि गरेको बुढाथोकीले बताए ।

कार्यक्रमलाई भव्य बनाउन गाउँपालिकाकी उपाध्यक्ष मनकला राईको संयोजकत्वमा आयोजक समितिसमेत बनाइएको थियो । महोत्सवमा भलिबल प्रतियोगिता, नाटक मञ्चन, विभिन्न लोकदोहोरी, झाँकी प्रदर्शन, स्थानीय उत्पादनको स्टल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, विभिन्न पुस्तक विमोचनलगायतका कार्यक्रम भएको संयोजक राईले जानकारी दिइन् ।

कार्यक्रम ऐतिहासिक र भव्य रुपमा सम्पन्न भएको संयोजक राईले बताइन् । महोत्सवमा नेपालसहित भारत, बंगलादेश र भुटानका स्रष्टाहरूले सहभागिता जनाएका थिए । विश्वको पाँचौं अग्लो हिमाल मकालुको उचाई ८४६३ मिटर रहेको छ । मकालु हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको अवसरमा चारदिने भव्य कार्यक्रम भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]