०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा “गल्स अन ह्विल” प्रतियोगिता आयोजना हुँदै

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन २२ – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विराटनगरमा “गल्स अन ह्विल” प्रतियोगिता आयोजना हुने भएको छ। विराटनगर प्राइम राउन्ड टेबल-१० को आयोजनामा  फागुन २४ गते साे प्रतियोगिता हुने जानकारी दिइएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले यस पाँचौं संस्करणको प्रतियोगितामा महिलाहरूले मात्र भाग लिन पाउने बताएको छ। आयोजक समितिका अध्यक्ष भास्कर सोनीले एक स्कुटरमा दुई जनाको दरले कुल १०० स्कुटर सहभागी गराउने लक्ष्य राखिएको जानकारी दिए। सहभागीहरूलाई १,५०० रुपैयाँ दर्ता शुल्क लाग्नेछ।

प्रतियोगिता विराटनगरको विभिन्न १० स्थानमा हुनेछ, जहाँ प्रत्येक स्थानमा प्रतियोगीहरूले संकेतका आधारमा टास्कहरू पूरा गर्नुपर्नेछ। टास्क पूरा गरेपछि प्राप्त अंकका आधारमा विजेता घोषणा गरिनेछ।

सिटी प्यालेसबाट सुरु हुने यो प्रतियोगिता त्यहीँ समापन हुनेछ। प्रथम स्थान प्राप्त गर्ने टिमले ६० हजार रुपैयाँ नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। त्यसैगरी दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमश: ४० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कारका साथै अन्य उपहार प्राप्त गर्नेछन्।

आयोजक समितिका अनुसार प्रतियोगितामा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिनेछ। कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, फुड स्टल, फेस पेन्टिङजस्ता गतिविधिहरू रहनेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]