०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

लेदोयुक्त खानेपानीविरुद्ध स्थानीयको आक्रोश, वडा ४मा तालाबन्दी

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन २८। खानेपानी संस्थान विराटनगरबाट वितरित पानीमा लेदो र धमिलोपन देखिएपछि विराटनगर-४ का स्थानीयवासीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरी प्रदर्शन गरेका छन्। विराेधका लागी स्थानीयहरुले लेदोयुक्त पानी बोकेरै वडा कार्यालय अगाडि प्रदर्शन गरेका थिए। स्थानीयहरूले वडाध्यक्ष, मेयर र खानेपानी संस्थानका प्रमुखहरूलाई यही पानी पिउन लगाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए।

 स्थानीय अगुवा त्रिलोचन गौतमका अनुसार विगत दुई वर्षदेखि लेदोसहितको पानी आइरहेको छ। गौतमले पानी जस्तो स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा राज्यले वर्षौंदेखि हेलचक्र्याइँ गरिरहेको बताए। उनले यथाशीघ्र समस्या समाधान नभए वडादेखि पालिकासम्म घेराउ गर्ने चेतावनी समेत दिए।

स्थानीयहरू धाराको पानी प्रयोग गर्न नसकेपछि आफैंले जडान गरेको वा छिमेकीको ट्युबेलको पानी पिउन बाध्य भएका छन्। आर्थिक क्षमता भएकाहरूले बोतल र जारको पानी किनेर प्रयोग गर्दैछन्। खानेपानी समस्याबारे पटक-पटक जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि वास्ता नगरेपछि वडामा तालाबन्दी गर्न बाध्य भएको गौतमको भनाइ छ।

तालाबन्दीपछि स्थानीयवासी लेदोयुक्त पानी लिएर मेयर नागेश कोईरालाको कार्यकक्षमा छलफलका लागि पुगेका थिए। खानेपानी संस्थानका प्रमुख सन्तोष रोनियारसमेत उपस्थित डेढ घण्टाको छलफलपछि महानगरले तत्काल जग्गा खोजेर कार्यपालिकाको बैठकबाट समस्या समाधान गर्ने मेयरले बताए।

खानेपानी संस्थानका प्रमुख रोनियारले बोरिङसँगै फिल्टर नहुँदा आइरनयुक्त पानी वितरण भएको स्वीकारे। फिल्टर प्लान्ट राख्न जग्गा नपाउँदा समस्या उत्पन्न भएको र जग्गा पाउनासाथ टेन्डर आह्वान गरी प्लान्ट राख्ने उनको भनाइ छ। वडाध्यक्ष जितेन थापाले वडाको पुरानो भवन प्रयोग गर्न सुझाव दिए पनि महानगरले उक्त स्थान कमर्सियल जग्गा भएकाले अस्वीकार गरेको छ। महानगरमा भएको छलफलपछि वडा कार्यालयको ताला खोलिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]