१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउँदै

पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने
Logo
जनचर्चा संवाददाता

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो ।

बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खतिवडाले जीयर स्वामीको विशेष तत्वावधानमा कार्यक्रम हुन लागेको जानकारी दिए । यज्ञमा दैनिक ५ हजार भक्तजन उपस्थित रहने खतिवडाले बताए । यस्तै सामुहिक ब्रतबन्धको कार्यक्रम समेत राखिएको छ । जसमा जतिजना बटुक हुन्छन् सोही अनुरुप प्रत्येकको छुट्टै यज्ञादीको व्यवस्था गरिएको जानकारी दिइयो । सामुहिक ब्रतबन्ध भनिएपनि बटुकहरुले आ आफ्नो कर्म गराउन पाउने जानकारी दिइयो ।

यस्तै धार्मिक अभियन्ता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले विराटनगरमा आउनलाग्नु भएका चिन्न जीयर स्वामीको स्वागतमा हुने सवै काम सम्पन्न भएको बताए । विद्धान धार्मिक व्यक्तित्वको आगमनलाई विराटनगरले गौरवकारुपमा लिएको र कार्यक्रम सम्पन्न गराउन लागिपरेको जानकारी दिए । यस्तै मन्दिरका सल्लाहकार तथा धार्मिक गुरु स्वामी रामानुज नेपालले भागवत आराधना,प्रबन्ध पाठ हवन,प्रवचन तथा महाउत्सव हुने जानकारी दिए । चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यता हुने भएकाले यसमा सम्लग्न हुन धर्मानुरागीहरुको विभिन्न जिल्लाबाट सहभागि रहने बताए । यज्ञस्थलमा ५ दिन विभिन्न धार्मिक अनुष्ठान सहित अरणिमन्थन,अग्निप्रतिष्ठा,भगवानका सेवा आराधना,वेद,इतिहास,पुराण,स्त्रोत्र आदी गरिने छ । पत्रकार सम्मेलनमा मन्दिरका महासचिव युवराज धिताल,धार्मिक अभियन्ता देवेन्द्र गुप्ता,लालमोहन ठाकुर,अनन्त पराजुली,रमेश आचार्य लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]