१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

सरकारी अधिकारी र मन्त्रीबीच मेतभेद: लोड सेडिङ घरघरमा हुने की उद्योगमा मात्र?

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, चैत्र ०६, २०८१

काठमाडाैं, चैत ७ । भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि नेपालमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ। विशेषगरी औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ। यही बीच ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विद्युत् कटौतीको विषयमा मतभिन्नता देखिएको छ।

ऊर्जामन्त्री खड्काले राष्ट्रिय सभाको बैठकमा स्पष्ट रूपमा उल्लेख गरे कि “अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ।” उनका अनुसार भारतबाट ८३० मेगावाट बिजुली आयात र १,००० मेगावाट मात्रै आन्तरिक उत्पादन भएकाले यस्तो अवस्था सिर्जना भएको हो।

तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने आमजनताको घरमा लोडसेडिङ नहुने दाबी गरेका छन्। उनको भनाइमा बक्यौता नतिर्ने उद्योगहरूलाई प्राथमिकतामा राखी राति बिजुली कटौती गरेर भए पनि घरघरमा बिजुली पुर्‍याइने छ। “कुलेखानी र अन्य अर्धजलाशययुक्त आयोजना साँझ र राति मात्रै चलाइरहेका छौं। आन्तरिक उत्पादन नै राति १२०० मेगावाटभन्दा बढी हुन्छ।” घिसिङले भने। स्राेत अनुसार भारतले चैत ३ देखि दिनको १२ घण्टा मात्रै बिजुली आयात गर्न दिएको कारण यस्तो समस्या सिर्जना भएको हो। साँझको समयमा आयात गर्न नपाउँदा बिजुली व्यवस्थापनमा चुनौती थपिएको छ।

प्राधिकरणका अनुसार हाल १,९३५ मेगावाट आन्तरिक माग रहेकोमा १,४६१ मेगावाट आन्तरिक उत्पादन र १०० मेगावाट आयात भइरहेको छ। तर माग र आपूर्तिबीचको अन्तरले औद्योगिक क्षेत्रमा चरम समस्या सिर्जना गरेको छ। वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगीहरूले उत्पादन ५० प्रतिशतसम्म घटेको र बिजुली ट्रिपिङको समस्याले उद्योग थप प्रभावित भएको गुनासो गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]

विराटनगर १२ असार। विराटनगर महानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावाँ ब्याज भुक्तानीका लागि […]

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]