२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

एमआरपी लेबल अनिवार्य राख्न विभागकाे निर्देशन, झस्किए सिमेन्ट तथा दण्डी उत्पादक

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, बैशाख १०, २०८२

विराटनगर, वैशाख १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने निर्देशन जारी गरेपछि उद्योगी तथा व्यापारीहरू कारबाहीमा पर्न थालेका छन्।

२० चैत २०८१ यता  विभागले गरेका अनुगमन र कारबाहीबाट उद्योगी–व्यवसायी एमआरपी लेबल राख्न बाध्य भएका छन् । विभागले गएको चैत महिनाभरि डेढ सय बढी उद्योग अनुगमन गरेको छ । ती अनुगमनमा २० भन्दा बढी उद्योगको कारोबार रोक्का र केही बिक्रेतालाई जरीमाना समेत गरिसकेको छ ।

विभागले चैत १४, २०८१ मा जारी गरेको सूचनामा चैत २० गतेसम्म सबै उत्पादनमा एमआरपी लेबल अनिवार्य राख्नुपर्ने उल्लेख गरेको थियो। यद्यपि, सिमेन्ट र डन्डी उद्योगीहरूले असहमति जनाएपछि विभागले सोही दिन अर्को सूचना जारी गर्दै उनीहरूलाई ‘फ्याक्ट्री गेट प्राइस’ (एफजीपी) राख्न छुट दिएको थियो। त्यसपछि उद्योगीहरू र विभागबीच भएको छलफलमा उद्योगीहरूले एफजीपी Factory Gate Price राखेर उत्पादन पठाउने र विक्रेताले त्यसमा बिक्री मूल्य थपेर बिक्री गर्ने सहमति भएको थियो। सिमेन्ट तथा फलामे दण्डीका उत्पादकहरुले विगतकाे केहि महिना देखि मुल्यमा कार्टेलिङ गरेर उच्च मुल्यमा सिमेन्ट तथा दण्डि बेचिरहेका छन् । फ्याक्ट्रीबाटै खुद्रा बिक्रि मुल्य लेखेर आँउदा धेरै हदसम्म कार्टेलिङ राेकिने भएकाले उद्याेगीहरु झस्किएका छन्।

यी सबै प्रक्रिया पश्चात विभागले वैशाख १, २०८२ देखि सबै वस्तुमा अनिवार्य एमआरपी लेबल लगाउनुपर्ने निर्देशन दिईसकेकाे छ । तर पनि सिमेन्ट र दण्डी उत्पादकहरुले यस नियमलाई टेरेका छैनन् । उपाेभक्ता संरक्षण एेन २०७५ परिच्छेद २काे दाफा ६ मा बिक्रि मुल्य राख्नु पर्ने अनिवार्य व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]