०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

एमआरपी लेबल अनिवार्य राख्न विभागकाे निर्देशन, झस्किए सिमेन्ट तथा दण्डी उत्पादक

Logo
जनचर्चा संवाददाता

विराटनगर, वैशाख १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने निर्देशन जारी गरेपछि उद्योगी तथा व्यापारीहरू कारबाहीमा पर्न थालेका छन्।

२० चैत २०८१ यता  विभागले गरेका अनुगमन र कारबाहीबाट उद्योगी–व्यवसायी एमआरपी लेबल राख्न बाध्य भएका छन् । विभागले गएको चैत महिनाभरि डेढ सय बढी उद्योग अनुगमन गरेको छ । ती अनुगमनमा २० भन्दा बढी उद्योगको कारोबार रोक्का र केही बिक्रेतालाई जरीमाना समेत गरिसकेको छ ।

विभागले चैत १४, २०८१ मा जारी गरेको सूचनामा चैत २० गतेसम्म सबै उत्पादनमा एमआरपी लेबल अनिवार्य राख्नुपर्ने उल्लेख गरेको थियो। यद्यपि, सिमेन्ट र डन्डी उद्योगीहरूले असहमति जनाएपछि विभागले सोही दिन अर्को सूचना जारी गर्दै उनीहरूलाई ‘फ्याक्ट्री गेट प्राइस’ (एफजीपी) राख्न छुट दिएको थियो। त्यसपछि उद्योगीहरू र विभागबीच भएको छलफलमा उद्योगीहरूले एफजीपी Factory Gate Price राखेर उत्पादन पठाउने र विक्रेताले त्यसमा बिक्री मूल्य थपेर बिक्री गर्ने सहमति भएको थियो। सिमेन्ट तथा फलामे दण्डीका उत्पादकहरुले विगतकाे केहि महिना देखि मुल्यमा कार्टेलिङ गरेर उच्च मुल्यमा सिमेन्ट तथा दण्डि बेचिरहेका छन् । फ्याक्ट्रीबाटै खुद्रा बिक्रि मुल्य लेखेर आँउदा धेरै हदसम्म कार्टेलिङ राेकिने भएकाले उद्याेगीहरु झस्किएका छन्।

यी सबै प्रक्रिया पश्चात विभागले वैशाख १, २०८२ देखि सबै वस्तुमा अनिवार्य एमआरपी लेबल लगाउनुपर्ने निर्देशन दिईसकेकाे छ । तर पनि सिमेन्ट र दण्डी उत्पादकहरुले यस नियमलाई टेरेका छैनन् । उपाेभक्ता संरक्षण एेन २०७५ परिच्छेद २काे दाफा ६ मा बिक्रि मुल्य राख्नु पर्ने अनिवार्य व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]