०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

उत्पादनदेखि बजारीकरणसम्म झापा र सुनसरीका व्यवसायीहरुले सहकार्य गर्ने

Logo
जनचर्चा संवाददाता

झापा,११ वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् ।

बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका व्यवसायीहरुले सहकार्य गर्ने भएका हुन् । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूह र सुनसरी उद्योग वाणिज्य संघ धरानका व्यवसायीसंग सहकार्यका लागि समझदारी भएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईसहितको महिला उद्यमीको टोलीले धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा पुगेर सहकार्यका लागि प्रस्ताव अघि बढाएको थियो । महिला उद्यमीको प्रस्तावलाई सहर्ष स्वीकार्दै सुनसरी उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीले गरेका राम्रा अभ्यासका विषयमा समेत जानकारी गराएको थियो ।

सुनसरी उद्योग वाणिज्य संघ धरानका कार्यवहाक अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुनसरी उद्योग वाणिज्य संघकी सदस्य तथा महिला उपसमिति अध्यक्ष वर्षा अग्रवाल श्रेष्ठले गरेकी थिइन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघ कोशी प्रदेश सदस्य तथा महिला उद्यमी मनिता घिमिरेले आफूले गरेको व्यवसायका असल अभ्यासका विषयमा जानकारी गराएकी थिइन् ।
कोशी प्रदेशका महिला उद्यमीहरुलाई जडिवुटीबाट सावुन उत्पादन गर्ने तालिम प्रदान गर्दै आएको र आफूले पनि समृद्धि प्राकृतिक सावुन उद्योग सञ्चालन गर्दै आएको उनले बताएकी थिइन् । निम, तितेपाती, गाँजा सहितका विभिन्न सामग्री प्रयोग गर्दै सावुन उत्पादन गर्ने र त्यसलाई बजारीकरण गर्दै आफूले आर्थिक उपार्जन गर्ने गरेको र अरुलाई समेत रोजगारी दिलाएको कार्यक्रममा घिमिरेले जानकारी दिइन् ।  उनले कोशी प्रदेशका धरान सहित  धनकुट्टा, इलाम, पाँचथर, ओखलढुङ्गा सहितका धेरै ठाउँमा तालिम प्रदान गर्दै सयौं महिलालाई स्वावलम्वी बनाउन भूमिका निर्वाह गरेको धारणा राखेकी थिइन् ।
कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका सदस्य जयप्रकाश शर्माले धरानका व्यवसायीहरुको वस्तुस्थितिका विषयमा जानकारी दिएका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहकी सल्लाहकार यशोदा उप्रेती, विर्तामोड उद्योग वाणिज्य संघकी कोषाध्यक्ष तिलोत्तमा खत्री, महिला उद्यमी समूहकी महासचिव लीला अनमोल लगायतले झापाका व्यवसायीहरुले गरेका असल अभ्यास र बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको एक करोड रुपैयाँको व्यवसायी राहत कोषका विषयमा समेत जानकारी दिएका थिए ।
झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार चौधरीले समेत झापा र सुनसरीका व्यवसायीहरुले गरेको व्यवसाय प्रद्र्धनमा अभ्यास अभ्यास साटासाट कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै उनले  झुम्का उद्योग वाणिज्य संघ  समेत सहकार्यका लागि तत्पर रहेको बताए । कार्यक्रमको संचालन सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]