१५ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

शिक्षक आन्दोलन अन्त्य हुने संकेत, दुवै पक्ष सकारात्मक धारमा

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, बैशाख १६, २०८२

काठमाडाैं, वैशाख १६ । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सहमति नजिक पुगेको छ। सत्तारूढ दल र शिक्षक महासंघबीच सोमबार भएको छलफलले यस्तो संकेत दिएको हो। २७ दिनदेखि चलिरहेको आन्दोलन टुंगिने सम्भावना बढेको छ। शिक्षकका माग सम्बोधन गर्ने तीन खाकामा छलफल भएको छ – केही माग मन्त्रिपरिषद्बाट पूरा गरिने, विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता र शिक्षकहरू विद्यालय फर्किने।

पूर्व शिक्षामन्त्री भट्टराईको ७ बुँदे प्रस्तावलाई आधार मानेर सहमति जुटाउने प्रयास भएको छ। एक-दुई दिनभित्रै टुंगो लाग्ने सम्भावना देखिएको नेताहरूले बताएका छन्। सरकारीले शिक्षा मन्त्रालयको प्रस्ताव आएपछि एक-दुई दिनमै शिक्षकका माग सम्बोधन हुने बताएकाे छ। प्रस्तावमा बिरामी बिदा रकम, निजामती अस्पतालमा उपचार, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक, ग्रेड समायोजन र दुर्गम भत्ताका लागि बजेटको व्यवस्था छ।

शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागलाई आफ्नो अन्तिम रेखा बनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]