०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

१५८ शिक्षकको सरूवा, सरकारले अन्दाेलनकाे प्रतिशाेध साँधेकाे आराेप

Logo
जनचर्चा संवाददाता

काठमाडौं,२ जेष्ठ। नेपाल राष्ट्रिय शिक्षक संगठनले हालै विभिन्न जिल्लामा भएका शिक्षकहरूको सरुवाप्रति आपत्ति जनाएको छ ।

संगठनले जारी गरेको एक प्रेस विज्ञप्तिमा १५८ जना शिक्षकलाई पूर्वाग्रह राखी सरुवा गरिएको घटनालाई ‘पूर्वाग्रही, अराजक र शिक्षक ट्रेड युनियन आन्दोलनलाई कमजोर पार्ने नियोजित प्रयास’ भनेको हाे ।

संगठनका अनुसार, नेपाल शिक्षक महासंघद्वारा गत चैत्र–वैशाख महिनामा सञ्चालन गरिएको आन्दोलनमा सहभागी शिक्षकहरूलाई बदनियतपूर्ण तरिकाले सरुवा गरिएको र कतिपय विद्यालयका प्रधानाध्यापकहरूको अन्यायपूर्ण हेरफेर गरिएको छ।सरुवा गरिएका केही शिक्षकहरु नेताहरुको चर्को आलोचक समेत थिए । उनीहरुलाई रिसिबी साध्ने काम गरिएको छ ।

संगठनको राष्ट्रिय कार्यालयमा प्राप्त विवरणअनुसार, सप्तरी, सुरुङ्गा नगरपालिकामा १४ जना शिक्षकको सरुवा र प्रधानाध्यापकको हेरफेर भएको छ । यसैगरी, सर्लाहीको मलङ्गवा नगरपालिकामा ४५ जना, धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ५५ जना र गजुरी गाउँपालिकामा २४ जना शिक्षकलाई सरुवा गरिएको छ। सोलुखुम्बुको दुधकुण्ड नगरपालिकामा आन्दोलनबाट फर्किएका २० जना शिक्षकलाई सरुवा गरिएको र प्रधानाध्यापकलाई घटुवा गरिएको संगठनले जनाएको छ।

संगठनका महासचिव हंसबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो कार्यशैलीले शिक्षक समुदायमा मानसिक त्रास सिर्जना गरेको र शिक्षण–सिकाइको वातावरणमा नकारात्मक असर परिरहेको उल्लेख छ।

संगठनले अवैधानिक सरुवा र घटुवालाई तत्काल खारेज गरी शिक्षकहरूलाई पुरानै अवस्थामा फर्काउनुपर्ने, शिक्षकहरूको मनोबल कमजोर पार्ने कुनै पनि कार्य नगर्न सबै स्थानीय तहलाई सचेत गराउनुपर्ने र शिक्षा क्षेत्रको स्थायित्व, सम्मान र गुणस्तरका लागि संगठनसँग सहकार्य गर्नुपर्ने तीनबुँदे मागसमेत राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]