०८ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

“डिजिटल बुकिङदेखि तालिमसम्म: ‘भक्तपुरको क्राउन एण्ड कर्लस युनिसेक्स सलोन’ बन्दै सौन्दर्य क्षेत्रको आकर्षक गन्तव्य”

Logo
बटुक गिरि प्रकाशित मंगलबार, जेठ ०७, २०८२

भक्तपुर, जेठ ६ ।   सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने गन्तव्य भक्तपुरको राधेराधे नजिकै स्थापना भएको ‘क्राउन एण्ड कर्लस युनिसेक्स सलोन’ विगत दुई वर्षदेखि सौन्दर्य सेवाको क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै अघि बढिरहेको छ।

सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस सलोनले छोटो समयमै ग्राहकहरूको विश्वास जित्न सफल भएको छ। महिला र पुरुष दुवैका लागि डिजाइन गरिएको यो युनिसेक्स सलोनमा हेयर कट, स्टाइलिङ, फेसियल, स्किन केयर, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर लगायतका सम्पूर्ण सौन्दर्य सेवाहरू उपलब्ध छन्। यहाँ कार्यरत सबै कर्मचारी दक्ष र तालीमप्राप्त छन्, जसले ग्राहकको सन्तुष्टि र आरामलाई प्राथमिकतामा राखेर सेवा दिन्छन्। संचालक राज कार्कीका अनुसार, “हामीले सुरुदेखि नै सुपथ मूल्यमा गुणस्तरीय सेवा दिने लक्ष्य लिएका थियौं। यही सोचले गर्दा आज देशका प्रतिष्ठित व्यक्तिहरू समेत हाम्रो सेवा लिन यहाँ आउनुहुन्छ।

सेवा मात्र होइन, व्यवसायिक सीप विकासका लागि तालीम दिने काममा पनि हामी सक्रिय छौं।” ‘क्राउन एण्ड कर्लस’ ले सौन्दर्य क्षेत्रमा भविष्य बनाउने चाहना राख्ने युवायुवतीका लागि नियमित तालीम कार्यक्रम सञ्चालन गर्दै आएको छ। यहाँबाट तालीम प्राप्त गरेका धेरै युवाहरू हाल देशका विभिन्न स्थानमा सफलरूपमा कार्यरत छन्। डिजिटल प्रविधिको प्रयोग गर्दै सलोनले QR कोडमार्फत सेवा बुकिङ प्रणालीसमेत ल्याएको छ। ग्राहकले आफूलाई उपयुक्त समय र सेवा रोजेर सजिलै अनलाइनबाट बुकिङ गर्न सक्ने व्यवस्था गरिएको छ, जसले समयको बचतसँगै थप सहजता प्रदान गर्छ। आज ‘क्राउन एण्ड कर्लस युनिसेक्स सलोन’ भक्तपुर मात्र नभई काठमाडौं उपत्यकाका लागि पनि सौन्दर्य सेवा क्षेत्रको भरपर्दो गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। सुपथ दरमा उच्च गुणस्तरका सेवाहरू, अनुभवी स्टाफ र व्यवस्थापनको पारदर्शिताका कारण यो सलोन दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]