२८ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

त्रिकोणात्मक प्रेमकथात्मक ‘ओइ नक्कले’ गीत सार्वजनिक

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, जेठ ०७, २०८२

काठमाडाैं, जेठ १।  गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ।

भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम, मनोभावना र द्वन्द्वलाई गीतमा भावनात्मक रूपमा चित्रण गरिएको छ। गीतको निर्देशन माइकल चन्दले गरेका छन् भने उत्सव दाहालले छायांकन गरेका हुन्। कोरियोग्राफी सञ्जय विश्वकर्माले गरेका छन्। भिडियोलाई आकर्षक लोकेशन, गतिशील फ्रेम र कलाकारहरूको सशक्त अभिनयले थप प्रभावशाली बनाएको छ। हाल अष्ट्रेलियामा बसोबास गरिरहेका अभिनेता सुशान्त कार्की यस भिडियोका लागि विशेष रूपमा नेपाल आएका थिए। झन्डै ६ महिना अघि छायांकन सम्पन्न भए पनि भिडियो हाल मात्र सार्वजनिक गरिएको हो। ‘द डिभाइन म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान खिच्न सफल भएको छ। दर्शकहरूले गीतको संगीत, शब्द, भिडियोको प्रस्तुति र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्।
गीत हेर्न/सुन्र यँहा किलिक गर्नुहाेस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]