२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, सुशासन र विकासमा जोड

Logo
जनचर्चा संवाददाता

विराटनगर, जेठ ६ । आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो।

सरकारले प्रदेश सरकारले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै संघीयताको मर्मअनुरूप नागरिकमा थप आशा र भरोसा पैदा गर्न, आर्थिक–सामाजिक रूपान्तरणको गतिशीलता बढाउन र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सुशासन र भ्रष्टाचार नियन्त्रण

हालसम्मका उपलब्धि र प्रतिविद्धतालाई केन्द्रमा राखी सुशासन प्रवर्द्धन गर्न र प्रदेशको पूर्वाधार संरचना विकास गरी आर्थिक लक्ष्य हासिल गर्न सरकार कटिबद्ध रहेको नीति तथा कार्यक्रममा उल्लेख छ।

‘स्थानीय तहको सहकार्यमा भ्रष्टाचार नियन्त्रणका प्रवर्द्धनात्मक कार्यहरू सञ्चालन गरिनेछ, भ्रष्टाचार विरुद्धको रणनीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिनेछ, गुनासो सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाइनेछ’, सरकारले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रदेश सरकारको नीति, कार्यक्रम, योजना तथा बजेट कार्यान्वयनको अवस्थालाई विद्युतीय प्रणालीमा आबद्ध गर्दै सुपरिवेक्षण र अनुगमन गर्न मुख्यमन्त्री ड्यासबोर्डको सुधार गरी सञ्चालन गरिने उल्लेख छ।

पूर्वाधार विकास कार्यक्रम

यातायात क्षेत्र

  • विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्ने
  • संघीय सरकारसँग समन्वय गर्दै केचनादेखि सगरमाथासम्म जोड्ने द्रुतमार्गको सम्भाव्यता अध्ययन गरिने
  • चतरादेखि चौरीखर्कसम्म जोड्ने रेलमार्गको अवधारणालाई अगाडि बढाउन सम्भाव्यता अध्ययन गरिने
  • प्रादेशिक सडक सञ्जाल गुरुयोजना तर्जुमा गरी क्रमशः कार्यान्वयनमा ल्याइने

डिजिटल शासन र प्रविधि

प्रदेश सरकारको सेवा प्रवाहलाई छिटो एवम् विश्वसनीय बनाउन विद्युतीय शासनको कार्यान्वयनलाई थप प्रभावकारी बनाइने भएको छ। प्रदेशका सूचना तथा तथ्याङ्कलाई सुरक्षित गर्न विद्युतीय अभिलेख केन्द्र डाटा सेन्टर स्थापना गर्न पूर्वाधार तयार गरिने भएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्र

शिक्षा

  • मनमोहन प्राविधिक विश्वविद्यालयको संरचनागत र व्यवस्थापकीय सुधार गर्दै चिकित्सा विज्ञान लगायतका विषयमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने व्यवस्था मिलाइने
  • विज्ञान प्रविधिको विकास र विस्तारका लागि विज्ञान प्रविधि केन्द्र (साइन्स सेन्टर) स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने

स्वास्थ्य

  • मेरो स्वास्थ्य, मेरो जिम्मेवारी अभियानमार्फत स्वास्थ्य साक्षरता अभिवृद्धि गरिने
  • प्रेषण केन्द्रको जिपिएस जडित एम्बुलेन्स ट्र्याकिङ तथा पूर्व अस्पताल सहायता सेवालाई विस्तार गरिने
  • कोशी घुम्ती अस्पताल सञ्चालनका लागि अस्पताल तथा प्रतिष्ठानसँग समन्वय गरिने
  • शैलजा आचार्य हृदय रोग केन्द्रको सेवा विस्तार तथा रूपान्तरण गरिने
  • प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरलाई विशेषज्ञ प्रेषण अस्पताल र तालिम केन्द्रका रूपमा विकास गरिने
  • बालबालिकाको खोप लगाउने अधिकारलाई सुनिश्चित गर्दै खोज र खोप अभियान चलाइने

पर्यटन और कृषि विकास

कोशी पर्यटन वर्ष २०८२ लाई पर्यटन विकासको आधार वर्षको रूपमा लिई नीतिगत, संरचनागत, पर्यटकीय पूर्वाधार विकास एवम् प्रवर्द्धन गर्दै राष्ट्रिय पुँजीको निर्माणमा योगदान गर्ने नीति सरकारको रहेको छ।

कृषि उत्पादन वृद्धि, कृषिमा आधारित उद्योग र उत्पादन प्रवर्धन, एक घर एक धारा लगायतका कार्यक्रम सरकारले ल्याउने भएको छ।

कर्मचारी कल्याण

प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवासम्बन्धी कानुनमा समसामयिक सुधार गरी प्रदेश र स्थानीय तहका कर्मचारीको मनोबल उच्च बनाइउने नीति सरकारले लिएको छ। यसै आर्थिक वर्षदेखि कोशी प्रदेश निजामती सेवा दिवस मनाउन सुरु गरिने पनि उल्लेख छ।

संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य, सहअस्तित्व र समन्वयलाई सुदृढ गर्दै प्रदेशको विकास गर्नु सरकारले मूल ध्येयको रूपमा लिएको छ। प्रदेश लगानी सम्मेलनका उपलब्धिलाई संस्थागत गर्दै सार्वजनिक, निजी, सहकारी साझेदारी तथा निजी अवधारणामा परियोजना विकास र निर्माण गर्न संस्थागत एवं नीतिगत सुधारमा जोड दिइएको छ ।

नीति तथगा कार्यक्रम २०८२।८३ (1)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग […]