२५ माघ २०८२, शनिबार
07-02-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

राधेराधेमा खुल्यो भिआईपी स्पाको नयाँ शाखा, पहिलो दिनमै ग्राहकको लर्को

Logo
जनचर्चा संवाददाता

भक्तपुर, जेठ ८ । शारीरिक स्फूर्ति, मानसिक सन्तुलन र सौन्दर्यप्रतिको बढ्दो रुचिलाई सम्बोधन गर्दै भिआईपी स्पाले भक्तपुरको राधेराधेमा नयाँ शाखा सुरु गरेको छ। झाक्री प्रकाश भुजेलको प्रमुख आतिथ्यमा शनिबार एक विशेष समारोहका बीच स्पाको विधिवत् उद्घाटन गरिएको हो। उद्घाटनलगत्तै सेवा सुरु भएको स्पामा पहिलो दिनमै उल्लेख्य संख्यामा ग्राहकहरूको घुइँचो देखिएको छ। काठमाडौंको जोरपाटीमा सफलतापूर्वक सञ्चालन हुँदै आएको भिआईपी स्पाले भक्तपुरमा विस्तार गर्दै स्थानीयवासीलाई अत्याधुनिक, गुणस्तरीय सेवा सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा प्रभावशाली उपस्थिति उद्घाटन कार्यक्रममा झाक्री प्रकाश भुजेलसँगै विभिन्न सामाजिक अगुवा, सञ्चारकर्मी, व्यवसायी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समारोहपश्चात अतिथिहरूलाई स्पाका विभिन्न सेवा अनुभव गराइएको थियो। उद्घाटन गर्दै झाक्री प्रकाश भुजेलले भने, “तनावपूर्ण जीवनशैलीमा यस्तो सेवा अत्यन्त आवश्यक छ। भिआईपी स्पाले भक्तपुरमा ल्याएको सुविधा अत्यन्त प्रशंसनीय छ। मैले व्यक्तिगत रूपमा पनि सेवा अनुभव गरेँ, जुन निकै सन्तोषजनक लाग्यो।” थोरै शुल्कमा धेरै सेवा – संचालक अवाल संचालक मनिषराज अवालले स्पाको उद्देश्य प्रस्ट्याउँदै भने, “भक्तपुरका जनताको आवश्यकता र सहज पहुँचलाई ध्यानमा राखेर हामीले यो शाखा विस्तार गरेका हौं। मसाज विलासिता होइन, जीवनशैलीको एउटा महत्त्वपूर्ण अङ्ग हो भन्ने सन्देश दिन चाहन्छौं।” उनका अनुसार स्पामा नेपाली परिवेश र अत्याधुनिक प्रविधिको संयोजन गरिएको छ, जसमा अनुभवी थेरापिष्टमार्फत सेवा प्रदान गरिन्छ। प्रमुख सेवा र सुविधाहरू भिआईपी स्पाको नयाँ शाखामा निम्न प्रमुख सेवाहरू उपलब्ध छन्: आयुर्वेदिक मसाज मोरोकन स्टिम मसाज सौना (Steam & Dry) फिस थेरापी फेसियल, स्किन केयर तथा रिल्याक्स थेरापी विशेषत: मोरोकन मसाज गर्ने ग्राहकलाई सित्तैमा फ्रेश फ्रुट र सलाड प्रदान गरिने सुविधा यो स्पालाई विशेष बनाएको छ। उद्घाटन अफर – स्कुटर जित्ने मौका स्पाले उद्घाटनको अवसरमा रु. २,००० वा सोभन्दा बढीको सेवा लिने ग्राहकका लागि चिट्ठामार्फत इलेक्ट्रिक स्कुटर जित्ने अफर सार्वजनिक गरेको छ।
यो सीमित अवधिको अफरले नयाँ शाखामा आकर्षण थपेको छ। स्वास्थ्य र सौन्दर्य दुवैलाई ध्यान भिआईपी स्पाले आफूलाई केवल मसाज केन्द्रको रुपमा नभई समग्र स्वास्थ्य र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने संस्थाको रुपमा प्रस्तुत गरेको छ। ‘स्पा भनेकै भिआईपी स्पा, राम्रो भनेकै हाम्रो स्पा’ भन्ने नारासहित संस्थाले गुणस्तर, स्वच्छता र ग्राहक सन्तुष्टिमा कुनै सम्झौता नगर्ने बताएको छ। भक्तपुरको राधेराधेमा भिआईपी स्पाको सेवा विस्तार केवल व्यवसायिक दृष्टिले मात्र होइन, जनस्वास्थ्य र सौन्दर्य सेवाको पहुँच विस्तारका लागि समेत महत्वपूर्ण मानिएको छ। पहिलो दिन देखिएको ग्राहकको उत्साह र भुजेलजस्ता लोकप्रिय व्यक्तित्वको समर्थनले भिआईपी स्पाको प्रभाव अझ बलियो हुने संकेत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]

काठमाडौं ,२२ माघ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकेका हुन् ।साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिएको राजीनामा स्वीकृत गरेको अर्का सचिव प्रकाश शर्माले […]

माघ २0, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ” भनेको दाबीसहित कई भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टीखबर लगायत फेसबुक पेजहरुबाट यी पोस्टहरु लाखौँ मानिसले हेरेका छन्। तर नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्यमा गरिएको […]