२२ जेठ २०८२, बुधबार
04-06-2025 , Wed
Gold Silver Price (21 JESTHA 2082, WED)
Fine Gold 1 Tola NRs. 193700
Silver 1 Tola Nrs. 2090

दैनिक सरदर २ हजार बढी वैदेशिक रोजगारमा

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, जेठ १८, २०८२

विराटनगर १७ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् ।

चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख भन्दा बढि श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको उहाँले बताउनुभयो ।

मुलुकमा सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण वैदेशिक रोजगारी प्रति आकर्षित देखिएको राउतको भनाई छ । नेपालबाट श्रम स्वीकृत लिएर बैदेशिक रोजगारमा जानेको संख्या हाल सम्म ८२ लाख नाघिसकेको छ । दैनिक सरदर २ हजार बढी वैदेशिक रोजगार जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

सुरक्षित आप्रवासन कार्यक्रमबारे आज विराटनगरमा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक राउतले वैदेशिक रोजगारमा जाने संख्याको करिब २१.८२ प्रतिशत संख्या कोशी प्रदेशबाट रहेको बताउनुभयो । उहाँका अनुशार मोरङबाट मात्रै गत वर्ष ३१ हजार ९७ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् । जसमा पुरुष २६ हजार ५८८ र महिला ४ हजार ५०९ जना छन् ।

मोरङबाट चालु आर्थिक वर्षको हाल सम्म २७ हजार ५४० ले श्रम स्वीकृति लिएको कार्यक्रम संयोजक राउतले बताउनुभयो । राउतका अनुशार पछिल्लो ३ वर्षमा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा गएकाहरु मध्ये ७७४ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७९–८० मा २९६ जना, आ.व. २०८०–०८१ म ३२३ जना आ.व. २०८१–०८२ को पुस सम्म १५५ जनाको मृत्यु भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं, १९ जेठ २०८२ । राजसंस्था तथा हिन्दुराज्यको माग राख्दै काठमान्डौं केन्द्रित आन्दोलनमा सहभागी नेता तथा कार्यकर्ताहरु पक्राउ परेसंगै राजावादीहरु थप आक्रामक देखिएका छन् । आइतबार राजावादी समूहको आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपकबहादुर सिंहलगायतलाई पक्राउ गरिएपछि उनीहरु थप आक्रामक देखिएका हुन् । यसको विरोधमा उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका […]

काठमाडौं, १९ जेठ २०८२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुले भाडामा ल्याएका केही मान्छेहरु छाडा भएको टिप्पणी गरेका छन् । आइतबार पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले राजावादीहरु आइलागेको खण्डमा जाइलागेर ईटको जवाफ पत्त्थरले दिन आग्रह गरे । उनले राजावादीहरुको निसानामा माओवादी केन्द्र […]