०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नेता जोगाउन सत्ताधारीदलसंग माओवादी लचक भयो : ज्ञानेन्द्र शाही

Logo
जनचर्चा संवाददाता

काठमाडौँ, २३ जेठ । । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न लचक भएको देखिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै शाहीले गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट र भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने तयारी भएको बताउँदै सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सूर्यमान दोङलाई पक्राउ नगर्ने सहमतिपछि गृहमन्त्रीको राजीनामाबाट माओवादी पछि हटेको उल्लेख गरेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न माओवादी लचिलो भएर तयार भएको देखिन्छ । गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट,भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने ।

सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सूर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी । शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो ।

अनि कसरी विधिको शासन हुन्छ अनि देशमा विधिको शासन छ भन्दै केही साथीहरू कराउँदै उफ्रिरहेका छन् । त्यही भएर भन्छु । अवस्था सुधार्न व्यवस्था सुधार गर्नैपर्छ ।

आफ्ना पतिको अपहरण गरी हत्यामा संलग्न माओवादी नेता सापकोटा विरुद्धको अनुसन्धान अघि बढाउनुपर्ने माग राखी काभ्रेकी पूर्णिमाया लामाले ८ मंसिर, २०६९ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । मुद्दा दर्ता भएकाे १२ वर्षबढी भएता पनि मुद्दाले किनारा पाउन सकेकाे छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]