२८ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेट

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, आषाढ १४, २०८२

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो ।

गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । कूल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेट भएको बताइएको छ ।यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजार विद्यार्थीले ३.६ भन्दा धेरै जीपीए ल्याएका छन् ।एसईईको परिणाम गत वर्षभन्दा सुधार पनि भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योगका लागि आवेदन दिन सकिने बताएको छ । प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]