११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रेडक्रस मोरङले जहदामा १३ सय विरुवा रोप्दै

Logo
जनचर्चा संवाददाता

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ ।

वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्याल,जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह र रेडक्रस मोरङका सभापति सुकदेव मण्डलले सम्युक्तरुपमा सुभारम्भ गरेका छन् । त्यस क्षेत्रमा बस्ने स्थानियलाई प्रत्येक वर्ष बाढिले सताउने गर्दथ्यो । रेडक्रसले स्थाइ समाधानका लागि ड्याम निर्माण गरी त्यसमाथी वृक्षारोपण गरिरहेको छ । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याले बृक्षारोपण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन र त्यसको संरक्षणका लागि जुट्न स्थानियलाई आग्रह गरे । उनले हरेक विकास निर्माण तथा कार्यक्रममा स्थानियको सचेतताले काम गर्ने बताए । उक्त स्थानमा बाढिजन्य समस्या समाधान गर्न आफुले पहलकदमी लिने बताए । यस्तै जहदा १ र २ लाई जोड्नेगरी पुल निर्माण गर्ने प्रतिवद्धता जनाए ।

यस्तै जहदाँ गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले बृक्षारोपण कार्यक्रमले नदीजन्य कटान रोक्न सक्नेमा आफु विस्वस्त रहेको बताए । उनले नदी छेउछाउमा हुने बहाव रोक्न पनि वृक्षारोपण गर्नुपर्ने बताए । जहदाँ विकास निर्माणका काममा पिछडिएको हुदा प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहने औल्याए । यस्तै रेडक्रस मोरङका सभापति सुकदेव मण्डलले खोलाको कटानवाट स्थानियलाई जोगाउन यो कार्यक्रम ल्याइएको बताए । आवश्यकता र पिछडिएको स्थानलाई तार्गेट गरेर रेडि कार्यक्रम मार्फत कार्यक्रम भइरहेको जानकारी दिए । कार्यक्रममा रेडक्रस मोरङका उपसभापति मन्दिरा गुरागाई,कोषाध्यक्ष केदार बहादुर थापा,पत्रकार महासंघ मोरङ अध्यक्ष सुशिला पाठक लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]