०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

रेडक्रस मोरङले जहदामा १३ सय विरुवा रोप्दै

Logo
जनचर्चा संवाददाता

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ ।

वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्याल,जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह र रेडक्रस मोरङका सभापति सुकदेव मण्डलले सम्युक्तरुपमा सुभारम्भ गरेका छन् । त्यस क्षेत्रमा बस्ने स्थानियलाई प्रत्येक वर्ष बाढिले सताउने गर्दथ्यो । रेडक्रसले स्थाइ समाधानका लागि ड्याम निर्माण गरी त्यसमाथी वृक्षारोपण गरिरहेको छ । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याले बृक्षारोपण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन र त्यसको संरक्षणका लागि जुट्न स्थानियलाई आग्रह गरे । उनले हरेक विकास निर्माण तथा कार्यक्रममा स्थानियको सचेतताले काम गर्ने बताए । उक्त स्थानमा बाढिजन्य समस्या समाधान गर्न आफुले पहलकदमी लिने बताए । यस्तै जहदा १ र २ लाई जोड्नेगरी पुल निर्माण गर्ने प्रतिवद्धता जनाए ।

यस्तै जहदाँ गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले बृक्षारोपण कार्यक्रमले नदीजन्य कटान रोक्न सक्नेमा आफु विस्वस्त रहेको बताए । उनले नदी छेउछाउमा हुने बहाव रोक्न पनि वृक्षारोपण गर्नुपर्ने बताए । जहदाँ विकास निर्माणका काममा पिछडिएको हुदा प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहने औल्याए । यस्तै रेडक्रस मोरङका सभापति सुकदेव मण्डलले खोलाको कटानवाट स्थानियलाई जोगाउन यो कार्यक्रम ल्याइएको बताए । आवश्यकता र पिछडिएको स्थानलाई तार्गेट गरेर रेडि कार्यक्रम मार्फत कार्यक्रम भइरहेको जानकारी दिए । कार्यक्रममा रेडक्रस मोरङका उपसभापति मन्दिरा गुरागाई,कोषाध्यक्ष केदार बहादुर थापा,पत्रकार महासंघ मोरङ अध्यक्ष सुशिला पाठक लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]