०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रोट्रयाक्ट क्लब विराटनगरद्वारा बालमैत्री विद्यालय भवन हस्तान्तरण

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार १८ ।  विराटनगर वार्ड नं. ५ को सिद्धकाली आधारभूत विद्यालयमा नयाँ भवन हस्तान्तरण भएको छ। रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ड कार्यक्रमबाट निर्मित भवनहरू विद्यालय व्यवस्थापन समितिलाई सुम्पिएको हो। आईतवार मेयर नागेश कोइरालाको उपस्थितिमा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब विराटनगरले भवन हस्तान्तरण गरेको छ। करिब ५० लाख रुपैयाँ लागतमा चार वटा भवन निर्माण गरिएको छ।

 

नयाँ भवनमा १२ वटा कक्षाकोठा छन्। दुई वटा अपाङ्गमैत्री शौचालय छुट्टाछुट्टै निर्माण गरिएको छ। छात्र र छात्राका लागि अलग शौचालय व्यवस्था छ।भवनमा खेल मैदान, टाइल बिछ्याइएको बाटो र पार्किङ स्थल छ। खेलकुदका लागि छुट्टै क्षेत्र बनाइएको छ। कार्यक्रममा मेयर कोइराला, रोटरी इन्टरनेसनलका बासुदेव गोलियान, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल उपस्थित थिए। रोटरीका बिनोद अग्रवाल, टीपी आचार्य, कमल अग्रवाल, अमित सिंघल, नरेश राठी पनि सहभागी थिए।

समाजसेवी उद्धव थापा, रोट्रयाक्ट अध्यक्ष प्रेम पारख, पूर्व अध्यक्ष रोहित रोनियार, एरोश पौडेल, सजल सुवेदी, काेषाध्यक्ष अनिल कुमार राैनियारले स‌ंयुक्तरुपमा भवन हस्तान्तरण गरे। व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव र प्रधानाध्यापक राजेन्द्र प्रसाद थापाले भवन बुझे। मेयर कोइराला र गोलियानले भवनको उद्घाटन गरे। कार्यक्रमको अन्त्यमा प्रेम पारखले आँशु निरौलालाई नयाँ अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]