०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लर्डबुद्धमा परिक्षार्थीकाे घुँइचाे, सिटक्षमता भन्दा बढीले दिए प्रवेश परिक्षा

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार १९ । विराटनगरको लर्डबुद्ध कलेजमा कक्षा ११ को प्रवेश परीक्षामा परिक्षार्थीकाे ठूलो घुँइचाे देखिएकाे छ। बिहिबार लिईएकाे प्रवेश परीक्षामा कुल ७५६ जना विद्यार्थी सहभागी भए। यीमध्ये ५४० जनालाई कलेजमा भर्ना गरिनेछ।

एसईईमा ४.० जिपिए ल्याउने ५ जना विद्यार्थीले प्रवेश परीक्षामा भाग लिएका छन्। यी सबैलाई कलेजले पूरै फिस माफ गरेर पढाउने छ। कलेजका प्रिन्सिपल दिनेश पण्डितले भने, “यस वर्ष स्थानीय विद्यार्थीहरूको राम्रो सहभागिता छ। राम्रो प्रवेश परीक्षामा अंक ल्याउने विद्यार्थीहरूलाई हामी छात्रवृत्ति समेत दिन्छौं।”

कलेजमा चार प्रकारका कोर्स छन् – होटल म्यानेजमेन्ट, साइन्स, म्यानेजमेन्ट र कम्प्युटर म्यानेजमेन्ट। यीमध्ये होटल म्यानेजमेन्टमा विद्यार्थीहरूको सबैभन्दा बढी चासो छ। कलेजका अध्यक्ष पप्पु अन्सारीले भने, “हामी विद्यार्थीहरूलाई व्यवसायीक शिक्षा दिन्छौं। होटल म्यानेजमेन्टजस्ता कोर्सले सिधै दक्ष बनाउछ राेजगार बनाउँछ। त्यसैले विद्यार्थीहरूको बढी चासो छ।” कलेजमा राम्रो शिक्षक, आधुनिक कक्षा कोठा र प्रयोगशाला छन्। कलेजले चाँडै अन्तिम नतिजा निकालेर नयाँ कक्षा सुरु गर्ने छ। सिट क्षमताभन्दा बढीले परिक्षादिएता पनि परिबन्दबस छुटेका गएका विद्यार्थीकाे लागी पुन: प्रवेश परीक्षामा खुलाउने समेत कलेजकाे याेजना छ । त्यसकाे लागी यथासिघ्र कलेजमा सम्पर्क गर्न कलेजले आहवान समेत गरेकाे छ ।
यस सत्रदेखि लर्डबुद्ध कलेज शिक्षाक्षेत्रमा अनुभवि र डाइनामिक १० व्यक्तित्वले स‌ंचालन गरिरहेका छन् । जसकाे निर्देशकहरुमा विनाेद भण्डारी, सागर श्रेष्ठ, सविता दाहाल, पार्वती रिजाल, ज्याेति मिश्रा, मन्टु मण्डल, खुर्शिद अन्सारी र अजय राैनियार लगाएत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]