०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

कान्तिपुर कलेजमा ईन्ट्रान्स दिन विद्यार्थीकाे भिड, सडकनै जाम !

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार १९ गते । विराटनगरस्थित कान्तिपुर कलेजमा बिहीबार भएको प्रवेश परीक्षामा एक हजार चार सय बत्तीस (१,४३२) जना विद्यार्थीले सहभागिता जनाएका छन्। कलेजले प्लस टु तहमा विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको छ। यस कलेजकाे यी तीनै संकायमा विद्यार्थीहरूको आकर्षण निरन्तर बढ्दै गएको प्रिन्सिपल भेषराज (भुवन) नेपाल बताउँनुहुन्छ।

प्रिन्सिपल नेपालले यस शैक्षिक सत्रमा तीन संकायमा कुल एक हजार पचास (१,०५०) जना विद्यार्थी भर्ना लिने जानकारी दिनुभयाे। वहाँका अनुसार विज्ञान संकायमा ४५० जना, व्यवस्थापन संकायमा ४५० जना र होटेल व्यवस्थापन संकायमा १५० जना विद्यार्थी छनोट गरिनेछ। “हाम्रो कलेजको शिक्षाको गुणस्तर र अनुशासनले धेरै विद्यार्थी तथा अभिभावकहरू आकर्षित हुनुहुन्छ ,” नेपाल भन्नुहुन्छ। कलेजबाट पासआउट भएका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा राम्रो प्रदर्शन गरेकाले कारणले पनि वर्षेनी कान्तिपुर कलेजसँग जाेडिने चाँहनेकाे संख्या बढ्दै गएकाे वहाँकाे बुझाई छ।

बिहावारकाे प्रवेश परीक्षा व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको समेत कलेज प्रसाशनले जानकारी दिएकाे छ। कलेजका अनुसार सबै विद्यार्थीहरूले निर्धारित समयमा परीक्षा दिन सफल भएका छन्। र  शुक्रबार बिहान नतिजा सार्वजनिक गरिएसँगै भर्ना प्रक्रिया सुरु हुने उनले थप जानकारी दिए।

बिहीबार प्रवेश परीक्षाका दिन कलेजदेखि रोडशेषसम्मको सडकमा विद्यार्थीहरूको भिड लागेको थियो। यो भिडको कारण करिब आधा घण्टासम्म सवारी साधनको आवतजावतमा कठिनाई भएको थियो। यस क्षेत्रमा विद्यार्थीकाे भिडभाडलाई व्यवस्थित गर्न प्रहरीले समेत विषेश व्यवस्था मिलाएकाे थियाे ।

कलेजले बढ्दो विद्यार्थी संख्यालाई मध्यनजर गर्दै आगामी दिनहरूमा थप सुविधा र संरचना विस्तार गर्ने योजना बनाएको छ। यसका साथै शैक्षिक गुणस्तर अझ बढाउने दिशामा काम भइरहेको प्रिन्सिपल नेपालले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]