११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कान्तिपुर कलेजमा ईन्ट्रान्स दिन विद्यार्थीकाे भिड, सडकनै जाम !

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार १९ गते । विराटनगरस्थित कान्तिपुर कलेजमा बिहीबार भएको प्रवेश परीक्षामा एक हजार चार सय बत्तीस (१,४३२) जना विद्यार्थीले सहभागिता जनाएका छन्। कलेजले प्लस टु तहमा विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको छ। यस कलेजकाे यी तीनै संकायमा विद्यार्थीहरूको आकर्षण निरन्तर बढ्दै गएको प्रिन्सिपल भेषराज (भुवन) नेपाल बताउँनुहुन्छ।

प्रिन्सिपल नेपालले यस शैक्षिक सत्रमा तीन संकायमा कुल एक हजार पचास (१,०५०) जना विद्यार्थी भर्ना लिने जानकारी दिनुभयाे। वहाँका अनुसार विज्ञान संकायमा ४५० जना, व्यवस्थापन संकायमा ४५० जना र होटेल व्यवस्थापन संकायमा १५० जना विद्यार्थी छनोट गरिनेछ। “हाम्रो कलेजको शिक्षाको गुणस्तर र अनुशासनले धेरै विद्यार्थी तथा अभिभावकहरू आकर्षित हुनुहुन्छ ,” नेपाल भन्नुहुन्छ। कलेजबाट पासआउट भएका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा राम्रो प्रदर्शन गरेकाले कारणले पनि वर्षेनी कान्तिपुर कलेजसँग जाेडिने चाँहनेकाे संख्या बढ्दै गएकाे वहाँकाे बुझाई छ।

बिहावारकाे प्रवेश परीक्षा व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको समेत कलेज प्रसाशनले जानकारी दिएकाे छ। कलेजका अनुसार सबै विद्यार्थीहरूले निर्धारित समयमा परीक्षा दिन सफल भएका छन्। र  शुक्रबार बिहान नतिजा सार्वजनिक गरिएसँगै भर्ना प्रक्रिया सुरु हुने उनले थप जानकारी दिए।

बिहीबार प्रवेश परीक्षाका दिन कलेजदेखि रोडशेषसम्मको सडकमा विद्यार्थीहरूको भिड लागेको थियो। यो भिडको कारण करिब आधा घण्टासम्म सवारी साधनको आवतजावतमा कठिनाई भएको थियो। यस क्षेत्रमा विद्यार्थीकाे भिडभाडलाई व्यवस्थित गर्न प्रहरीले समेत विषेश व्यवस्था मिलाएकाे थियाे ।

कलेजले बढ्दो विद्यार्थी संख्यालाई मध्यनजर गर्दै आगामी दिनहरूमा थप सुविधा र संरचना विस्तार गर्ने योजना बनाएको छ। यसका साथै शैक्षिक गुणस्तर अझ बढाउने दिशामा काम भइरहेको प्रिन्सिपल नेपालले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]