२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

अरनिको कलेजकाे नयाँ भर्ना नियम: जो पहिले आउँछ उसले एडमिसन पाउँछ

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार २० गते । विज्ञान संकायतर्फ नेपालकै उत्कृष्ट मानिने विराटनगरको अरनिको कलेजले भर्नाका लागि नयाँ नियम लागू गरेको छ। कलेजले ‘जुन विद्यार्थी पहिले भर्ना लिन्छ, उसले पढ्न पाउने’ नियम अनुसार भर्ना प्रक्रिया सुरु गरेको छ।

शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा विज्ञान संकाय तर्फ एक हजार विद्यार्थी भर्ना लिने तयारी पूरा गरेको कलेजले बिहीबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो। यस परीक्षामा दुई हजार भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए। प्रवेश परीक्षा दिनेकाे संख्या अत्याधिक भएकाले  प्रशासनले कलेज ब्लक सँगसँगै स्कुल ब्लकमा समेत प्रवेश परीक्षा लिएका थिए।

कलेजका प्रिन्सिपल राजेश कार्की भन्नुहुन्छ, “कक्षा ११ मा विज्ञान संकाय तर्फ बिहान र दिउँसो गरी दुई सिफ्टमा अध्ययनका लागि एक हजार विद्यार्थी भर्ना लिन्छौं।” वहाँकाे अनुसार प्रवेश परीक्षाको नतिजाको आधारमा जुन विद्यार्थी अगाडि आउँछ उसले पढ्न पाउँछ। प्रिन्सिपल कार्कीले कलेज प्रशासनले एक हजार विद्यार्थी मात्रै भर्ना लिएर अध्यापन गराउने तयारी गरेकाले त्यो भन्दा बढी विद्यार्थी भर्ना नलिने स्पष्ट पारे। कलेजले बिहीबार नै प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेर भर्ना लिने प्रक्रिया सुरु गरेको छ। परीक्षाको नतिजा र एसईई परीक्षाको जिपिए अंक जोडेर विद्यार्थीलाई  छात्रवृत्ति दिने समेत कलेजकाे तयारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]