११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भिजिट भिसा प्रकरणमा रास्वपाको माग यथावत्, सदनको अवरोध कायमै राख्ने निर्णय

Logo
जनचर्चा संवाददाता

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने र छानबिनको सहजीकरणको लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग कायमै राखेको छ । रास्वपाको सचिवालय बैठकमा पार्टीले लिएको अडान बारे छलफल भएको र अडान कायम राखी संसद्मा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय भएको बताइएको छ ।

त्यस्तै, रास्वपाले संसद्को राज्य व्यवस्था समितिबाट पारित भएको निजामती सेवा विधेयक ‘कुलिङ अफ पिरियड’ मा भएको छेडखानीलाई ‘संविधानले व्यवस्था गरेको संसद्को सार्वभौमिकतामाथि प्रहार’ भनेको छ ।

कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई बेवास्ता नगरी यस कार्यमा संलग्नहरूलाई छानबिन र दोषीमाथि कारबाहीको माग रास्वपाले गरेको छ ।

त्यस्तै, आगामी कार्तिक २७ गते हुने रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनमा रास्वपाको तर्फबाट योग्य उम्मेदवार छनोट गर्नका लागि पार्टी सचिवालय बैठकमा पेस भएको उम्मेदवार छनौट विधिमासमेत छलफल भएको थियो । बैठकमा प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]