०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

देशकै शीर्ष सरकारी विद्यालय पोखरीयामा उत्साहजनक प्रवेश परीक्षा

Logo
निरज बस्नेत

विराटनगर, असार २० । निजी कलेजहरूलाई समेत चुनौती दिँईरहेकाे देशकै शीर्ष सरकारी विद्यालयहरूमध्ये पर्ने विराटनगरकाे पोखरीया विद्यालयले शुक्रवार कक्षा ११ को पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। प्रवेश परीक्षामा विज्ञान (Science) विषयमा २६० जना र व्यवस्थापन (Management) विषयमा १५५ जना गरी कुल ४१५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्।

सरकारी विद्यालयको प्रवेश परीक्षामा यो संख्या सामान्य नभएर चकचकी संख्या मानिन्छ। यसले पोखरीया विद्यालयको बढ्दो लोकप्रियता र गुणस्तरीय शिक्षाको प्रमाण दिन्छ। विद्यालयका प्रिन्सिपल खेमराज भट्टराईले औपचारिक रूपमा सबै विद्यार्थीहरूलाई शुभकामना दिनुका साथै विद्यालयमा हार्दिक स्वागत गरेका छन्। उहाँले भन्नुभयो, “हाम्रो सरकारी विद्यालयप्रति विद्यार्थीहरूले देखाएको यो विश्वास र चासोले हामीलाई थप प्रेरणा दिएको छ।”

पोखरीया विद्यालय नेपालकै शीर्ष सरकारी विद्यालयहरूमध्ये एक हो जसले निजी विद्यालयहरूलाई कडा प्रतिस्पर्धा दिइरहेको छ। देशभरमा चर्चित यो विद्यालयको उत्कृष्ट शैक्षिक वातावरण र गुणस्तरीय शिक्षाको कारणले यो विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइमा परेको छ। विशेष कुरा यो छ कि प्रिन्सिपल खेमराज भट्टराई एक यस्ताे विशिष्ट व्यक्तित्व हुन् जसले शिक्षा क्षेत्रमा पुर्याएकाे अमूल्य योगदानको कारण राष्ट्रपतिबाट पदक प्राप्त गरिसकेका छन्। उहाँको नेतृत्वमा पोखरीया विद्यालयले निरन्तर उत्कृष्ट परिणाम हासिल गर्दै आएको छ। उहाँको कुशल नेतृत्वमा विद्यालयले  शैक्षिक उत्कृष्टता हासिल गर्नुका साथै सरकारी शिक्षा प्रणालीमा एक नयाँ मापदण्डको स्थापना गरेको छ। पोखरीया विद्यालयको सफलताले अन्य सरकारी विद्यालयहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरूले विद्यालयको प्रतिष्ठा र गुणस्तरीय शिक्षाको कारणले यहाँ अध्ययन गर्न चाहेको बताएका छन्। एक विद्यार्थीले भने, “सरकारी विद्यालयमा पनि निजी विद्यालयजस्तै गुणस्तरीय शिक्षा पाउन सकिन्छ भन्ने कुरा पोखरीया विद्यालयले प्रमाणित गरेको छ।” पोखरीया विद्यालयको यो सफलताले नेपालको सरकारी शिक्षा प्रणालीमा एक सकारात्मक संदेश फैलाएको छ। यसले प्रमाणित गरेको छ कि उचित नेतृत्व र प्रतिबद्धताका साथ सरकारी विद्यालयहरूले पनि निजी विद्यालयहरूलाई कडा प्रतिस्पर्धा दिन सक्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]