०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

पन्ध्र दिनमै लोकप्रिय: विराटनगरको बिरयानी अड्डामा रिपिट कस्टमरको भीड

Logo
दिनेश खड्का र निरज बस्नेत

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ ।
विराटनगर, असार २० –
गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ।

संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या बढ्दो क्रममा छ। स्वाद र एम्बिएन्सका कारण एक पटक आएका ग्राहक पटक पटक भिजिट गरिरहनु भएको उनकाे बुझा छ ।

बालुवाटारमा मुख्य कार्यालय रहेको यस फ्रान्चाइज रेष्टुरेन्टका अन्य शाखाहरू न्यूरोड, बानेश्वर, कुमारी पाटी र राधेराधेमा सञ्चालनमा छन्। यो काठमाडौंबाहिर खोलिएको पहिलो शाखा हो। यहाँ २५ वर्षको अनुभव भएका कुक श्री कृष्ण न्यौपाने कार्यरत छन्। उनी दुबाई र कतारका विविध होटल तथा रेष्टुरेन्टमा दुई दशकको कुकिंग अनुभव भएका छन्। यही अनुभवले विराटनगरमा पनि विश्वस्तरीय स्वाद ल्याउन सफल भएको छ।

विशेष पुक बिरयानी र विविधता

बिरयानी अड्डाको खासियत यसको अथेन्टिक स्वादको बिरयानी हो। रेष्टुरेन्टको विशेषता भनेको पुक बिरयानी हो। पुक बिरयानी एक विशेष प्रकारको बिरयानी हो जसमा चामल र मासुलाई सिल गरी पकाइन्छ। यसमा भाँडोलाई आटाले छोपेर बन्द गरी पकाइन्छ जसले सबै स्वाद र सुगन्धलाई भित्रै राख्छ। भेज र चिकन बाहेक फिस र मटन बिरयानी समेत उपलब्ध छ। रेष्टुरेन्टको अर्को स्पेशल डिस चिकन टकाटक हो जुन सबै आउटलेटमा हाई डिमाण्डमा छ।

बिरयानी अड्डामा केवल बिरयानी मात्र नभएर पूर्ण रेष्टुरेन्टमा पाइने सबै प्रकारका खानेकुराका विकल्प छन्। तन्दुरी परिकारमा नान, तन्दुर रोटी, तन्दुर चिकन, बटर चिकन उपलब्ध छ। नेपाली परिकारमा मुस्ताङको पिरो आलु, छोइला, भुटन, सेकुवा आदि पाइन्छ। साथै पकौडा, क्रिस्पी विङ्ग, चिकन ललीपप, टिक्का, सिक कबाब र साधेको मासु पनि छ।

विदेशी परिकारमा स्यान्डविच, बर्गर, सिजलर र पिज्जा छ। करिमा दाल, दाल मखानी, पनिर मटर, बटर पनिर आदि भेजिटेरियन विकल्प पनि उपलब्ध छ।

पूर्ण सुविधा र मनोरञ्जन

दुई तल्लाको यो रेष्टुरेन्ट पूर्ण एयर कन्डिशन्ड छ र एम्बिएन्स शान्त र सुन्दर छ। पूर्ण पारिवारिक वातावरण रहेको यो ठाउँमा संगीतप्रेमीहरूका लागि समय समयमा लाइभ म्युजिकको व्यवस्था छ। पारिवारिक जमघट तथा अफिस मिटिङका लागि छुट्टै स्थानको समेत व्यवस्था गरिएको छ।

आकर्षक अफर र मूल्य

रेष्टुरेन्टमा बार समेत संचालनमा ल्याउने तयारी गरिएको छ। बारको खासियत सबै लिकरहरू एमआरपीमा बेच्नु पर्ने फ्रान्चाइजको नियम छ। अहिले ह्यापी आवर अफर चलिरहेको छ जसमा ४६० पर्ने बिरयानी मात्र रु १९९ मा उपलब्ध छ।

उद्घाटन अफरअन्तर्गत दुई दिनका लागि ग्राहकहरूले केवल १ सय रुपैयाँमै बिरयानी स्वाद लिन पाएका थिए। उद्घाटन मितिबाट एक महिनासम्म सम्पूर्ण खानामा २० प्रतिशत छुटको सुविधा प्रदान गरिएको छ।

बिरयानी अड्डाको विराटनगर शाखाको सफलताले काठमाडौंको स्वाद र गुणस्तर कायम राख्दै स्थानीय खाना व्यवसायमा नयाँ मापदण्डको स्थापना गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]