०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पन्ध्र दिनमै लोकप्रिय: विराटनगरको बिरयानी अड्डामा रिपिट कस्टमरको भीड

Logo
दिनेश खड्का र निरज बस्नेत

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ ।
विराटनगर, असार २० –
गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ।

संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या बढ्दो क्रममा छ। स्वाद र एम्बिएन्सका कारण एक पटक आएका ग्राहक पटक पटक भिजिट गरिरहनु भएको उनकाे बुझा छ ।

बालुवाटारमा मुख्य कार्यालय रहेको यस फ्रान्चाइज रेष्टुरेन्टका अन्य शाखाहरू न्यूरोड, बानेश्वर, कुमारी पाटी र राधेराधेमा सञ्चालनमा छन्। यो काठमाडौंबाहिर खोलिएको पहिलो शाखा हो। यहाँ २५ वर्षको अनुभव भएका कुक श्री कृष्ण न्यौपाने कार्यरत छन्। उनी दुबाई र कतारका विविध होटल तथा रेष्टुरेन्टमा दुई दशकको कुकिंग अनुभव भएका छन्। यही अनुभवले विराटनगरमा पनि विश्वस्तरीय स्वाद ल्याउन सफल भएको छ।

विशेष पुक बिरयानी र विविधता

बिरयानी अड्डाको खासियत यसको अथेन्टिक स्वादको बिरयानी हो। रेष्टुरेन्टको विशेषता भनेको पुक बिरयानी हो। पुक बिरयानी एक विशेष प्रकारको बिरयानी हो जसमा चामल र मासुलाई सिल गरी पकाइन्छ। यसमा भाँडोलाई आटाले छोपेर बन्द गरी पकाइन्छ जसले सबै स्वाद र सुगन्धलाई भित्रै राख्छ। भेज र चिकन बाहेक फिस र मटन बिरयानी समेत उपलब्ध छ। रेष्टुरेन्टको अर्को स्पेशल डिस चिकन टकाटक हो जुन सबै आउटलेटमा हाई डिमाण्डमा छ।

बिरयानी अड्डामा केवल बिरयानी मात्र नभएर पूर्ण रेष्टुरेन्टमा पाइने सबै प्रकारका खानेकुराका विकल्प छन्। तन्दुरी परिकारमा नान, तन्दुर रोटी, तन्दुर चिकन, बटर चिकन उपलब्ध छ। नेपाली परिकारमा मुस्ताङको पिरो आलु, छोइला, भुटन, सेकुवा आदि पाइन्छ। साथै पकौडा, क्रिस्पी विङ्ग, चिकन ललीपप, टिक्का, सिक कबाब र साधेको मासु पनि छ।

विदेशी परिकारमा स्यान्डविच, बर्गर, सिजलर र पिज्जा छ। करिमा दाल, दाल मखानी, पनिर मटर, बटर पनिर आदि भेजिटेरियन विकल्प पनि उपलब्ध छ।

पूर्ण सुविधा र मनोरञ्जन

दुई तल्लाको यो रेष्टुरेन्ट पूर्ण एयर कन्डिशन्ड छ र एम्बिएन्स शान्त र सुन्दर छ। पूर्ण पारिवारिक वातावरण रहेको यो ठाउँमा संगीतप्रेमीहरूका लागि समय समयमा लाइभ म्युजिकको व्यवस्था छ। पारिवारिक जमघट तथा अफिस मिटिङका लागि छुट्टै स्थानको समेत व्यवस्था गरिएको छ।

आकर्षक अफर र मूल्य

रेष्टुरेन्टमा बार समेत संचालनमा ल्याउने तयारी गरिएको छ। बारको खासियत सबै लिकरहरू एमआरपीमा बेच्नु पर्ने फ्रान्चाइजको नियम छ। अहिले ह्यापी आवर अफर चलिरहेको छ जसमा ४६० पर्ने बिरयानी मात्र रु १९९ मा उपलब्ध छ।

उद्घाटन अफरअन्तर्गत दुई दिनका लागि ग्राहकहरूले केवल १ सय रुपैयाँमै बिरयानी स्वाद लिन पाएका थिए। उद्घाटन मितिबाट एक महिनासम्म सम्पूर्ण खानामा २० प्रतिशत छुटको सुविधा प्रदान गरिएको छ।

बिरयानी अड्डाको विराटनगर शाखाको सफलताले काठमाडौंको स्वाद र गुणस्तर कायम राख्दै स्थानीय खाना व्यवसायमा नयाँ मापदण्डको स्थापना गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]