१६ भाद्र २०८२, सोमबार
01-09-2025 , Mon
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

गोल्डेन हस्पिटल विराटनगरले २५ देखि ५० प्रतिशत छुटमा स्वास्थ्य सेवा दिने

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, आषाढ २७, २०८२

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ।

निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मुख्य छुट व्यवस्थाहरू

अस्पतालका प्रबन्धनिर्देशक डा. श्यामकुमार रौनियारले आमजनताको आयशक्ति घटिरहेको मुलुकको विद्यमान असहज परिस्थितिलाई दृष्टिगत गरी यथासक्य छुटको व्यवस्थासहित सेवाग्राहीलाई राहत दिने प्रतिबद्धता व्यक्त गरे। उनले यसअघि लिइदैआएको सेवाशुल्कमा २५ देखि ५० प्रतिशतसम्म छुट दिन लागिएको स्पष्ट गरे।

मातृ तथा शिशु मृत्युदर घटाउने, विशेषज्ञ चिकित्सकद्वारा सुरक्षित र भरपर्दो शल्यक्रिया सुनिश्चित गर्ने, पाँच वर्ष मुनिका बालबालिकालाई सघन उपचार बाहेकका सेवामा २५ प्रतिशत छुट दिने र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको उक्त अस्पतालले जनाएको छ।

गोल्डेन हस्पिटल विराटनगरको निजी क्षेत्रको पहिलो अस्पताल बनेको छ जसले बिरामीलाई व्यापक छुटको व्यवस्था दिने गरेको छ। अस्पतालबाट सेवा प्रवाह भइरहेको सबै किसिमको रोगको शल्यक्रियामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो।

जसले गर्दा मोटो रकमको जोहो गर्न नसक्दा रोग पालेर बस्नु पर्ने अवस्थाको समेत अन्त हुनु लागेको छ। गरिब तथा निम्न आयस्तर भएका व्यक्तिले सस्तोमा उपचार पाउने वातावरण तयार पारिदिएको हो।

छिटो र गुणस्तरीय सेवा

डा. रौनियारले सबै प्रकारका रोगको शल्यक्रियामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताए। शल्यक्रियाका लागि चाहिने औषधि सिधै औषधि उत्पादक कम्पनीबाट आइरहेकोले शल्यक्रिया सस्तो भएको उनले बताए। एक बिरामीको शल्यक्रिया गर्दा १० देखि २० हजार रुपैयाँसम्मको औषधि चाहिन्छ। ५० प्रतिशत छुटमा औषधि आइरहेकोले जसको कारण शल्यक्रिया सस्तो भएको डा. रौनियारले बताए। शल्यक्रिया मात्रै होइन सबै प्रकारका रोगका बिरामीलाई छिटो छरितो सेवा प्रवाह भइरहेको उनले बताए।

प्याकेज दरमा शल्यक्रिया

गोल्डेन हस्पिटलसँग फुलटाइम काम गर्ने दक्ष विशेषज्ञको टोली छ। जस्तो सुकै शल्यक्रियाका लागि भर्ना भएका बिरामी बढीमा ३ दिन भित्र शल्यक्रिया गराएर घर फर्किरहेका छन्। यो गोल्डेन हस्पिटलको मात्रै नभई स्वास्थ्य क्षेत्रको ठुलो विशेषता हो।

डा. रौनियारले विभिन्न शल्यक्रियाका प्याकेज दरहरू सार्वजनिक गरे:

  • हाइड्रोशीलको शल्यक्रिया: २० हजार रुपैयाँ
  • अपेडिक्सको शल्यक्रिया: २० हजार रुपैयाँ
  • पाठेघरको शल्यक्रिया: २५ हजार रुपैयाँ
  • सिजेरियन डेलिभरी: १५ हजार रुपैयाँ
  • सामान्य डेलिभरी: ५ हजार रुपैयाँ
  • फेस तथा अनुहारको शल्यक्रिया: ३५ हजार रुपैयाँ
  • कानको जाली फुटेको शल्यक्रिया: २५ हजार रुपैयाँ
  • मुत्रनालिमा भएको पथरिको शल्यक्रिया: २५ हजार रुपैयाँ
  • टनशीलको शल्यक्रिया: ३० हजार रुपैयाँ
  • नाक बाङ्गो भएको शल्यक्रिया: ३० हजार रुपैयाँ
  • किड्नीको पथरिको शल्यक्रिया: ३५ हजार रुपैयाँ
  • पित्तथैलीको पथरीको शल्यक्रिया: ४० हजार रुपैयाँ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

काठमाडौं ,१४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु […]