०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगर उच्च अदालतको कीर्तिमान: एक वर्षमा ५ हजार ७९ मुद्दा फछ्र्यौट

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन ४ । उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०८१-०८२ मा इतिहासकै सबैभन्दा धेरै मुद्दा फछ्र्यौट गरेर नयाँ कीर्तिमान कायम गरेको छ। अदालतका रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार गएको एक वर्षमा कुल ८ हजार ४४१ मुद्दामध्ये ५ हजार ७९ मुद्दा फछ्र्यौट भएको हो, जुन ६०.१७ प्रतिशत हो।

अदालतले सार्वजनिक गरिएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षको दायित्व सरेर आएको ४ हजार १८३ र नयाँ दर्ता भएका ४ हजार २५८ गरी कुल ८ हजार ४४१ मुद्दा रहेको थियो। त्यसमध्ये ५ हजार ७९ मुद्दा फछ्र्यौट भएको र आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ३ हजार ३६२ मुद्दाको दायित्व सरेको छ।

पुराना मुद्दाहरूमा सफलता

दुई वर्ष पुग्न लागेका ७१९ वटा मुद्दामध्ये ७१३ वटा फछ्र्यौट भएको छ भने ६ वटा मात्र बाँकी रहेको छ। त्यसैगरी १८ महिना पुग्न लागेका १ हजार ४५९ मुद्दामध्ये १ हजार ४२६ फछ्र्यौट भएको छ र अब ३३ वटा मात्र बाँकी छ। जिम्मेवारी सरी आएका ४ हजार १८३ मुद्दामध्ये ३ हजार ६०५ फछ्र्यौट भएको छ।

विगत पाँच वर्षको तुलना

उच्च अदालत विराटनगरको विगत पाँच वर्षको अभिलेखअनुसार:

  • २०७७-०७८ मा ३ हजार ६६१ दर्ता, २ हजार १०८ फछ्र्यौट
  • २०७८-०७९ मा ५ हजार २ दर्ता, ३ हजार २४ फछ्र्यौट
  • २०७९-०८० मा ५ हजार ४८० दर्ता, २ हजार ९३६ फछ्र्यौट
  • २०८०-०८१ मा ७ हजार ४३७ दर्ता, ३ हजार २५४ फछ्र्यौट
  • २०८१-०८२ मा ८ हजार ४४१ दर्ता, ५ हजार ७९ फछ्र्यौट

यी तथ्याङ्कले आर्थिक वर्ष २०८१-०८२ को प्रगति उत्साहजनक रहेको देखाएको छ।

मेलमिलापमार्फत समाधान

अदालतले १३.३४ प्रतिशत मुद्दा मेलमिलापमार्फत समाधान गरेको छ। यसले विवाद समाधानको वैकल्पिक माध्यमको प्रभावकारी प्रयोग भएको देखाएको छ र अदालतको बोझ कम गर्न सहायता गरेको छ।

मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले यस उपलब्धिलाई अत्यन्त महत्वपूर्ण र ऐतिहासिक बताएका छन्। उनका अनुसार १२ जना न्यायाधीशले ६ वटा इजालसबाट न्याय सम्पादन गरेर अहिलेसम्मकै सबैभन्दा बढी फैसला गरिएको हो। उनले यो उपलब्धिले न्यायपालिकाको इतिहासमा नयाँ मापदण्डो स्थापना गरेको बताए।

भट्टराईले अदालतको पञ्चवर्षीय रणनीति अनुसार न्याय सम्पादन भएको र यस सफलताको श्रेय सम्पूर्ण न्यायाधीश र कर्मचारीहरूको समर्पित कार्यलाई दिने बताए। अदालतले व्यवस्थित रूपमा मुद्दाहरूको प्राथमिकीकरण गरेर पुराना मुद्दाहरूलाई प्राथमिकतामा राखेको र यसले न्यायमा ढिलाइको समस्या न्यूनीकरण गर्न सहायता गरेको उल्लेख गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]