२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

मधेस प्रदेशका पूर्व प्रमुख अहिराज यौन दुर्व्यवहार आरोपमा पक्राउ

Logo
जनचर्चा संवाददाता

काठमाडाै‌, साउन ५ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। गत चैत २५ गते काठमाडौं जिल्ला अदालतले उनका विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेपछि लुकिछिपि बसेका अहिराजलाई आइतबार राजधानीबाट पक्राउ गरिएको हो।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अदालतबाट थप ५ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ। २३ वर्षीया महिलाले अहिराजविरुद्ध बलात्कारको उजुरी दर्ता गराएकी छिन्। उजुरीअनुसार अहिराजले उक्त महिलालाई काठमाडौंस्थित आफ्नै घरमा लगेर बलात्कार गरेको आरोप लगाइएको छ।

 यसअघि अहिराज आफैंले सोही पीडित महिलाविरुद्ध आर्थिक धोकाधडीको आरोपमा उजुरी दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]