०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

साउनको पहिलो सोमबार, देशभरका शिवमन्दिरहरूमा भक्तजनको भीड

Logo
जनचर्चा संवाददाता

५ साउन, काठमाडौं । आज साउन महिनाको प्रारम्भिक सोमबार, देशभरका शिवमन्दिरहरूमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ।

हिन्दू धर्मावलम्बीहरू साउनका सोमबारहरूलाई भगवान शंकरको विशेष दिन मानेर उपवास बसी पूजाअर्चना गर्ने परम्परा छ। यो वर्ष साउनमा जम्मा चार सोमबार परेका छन्। व्रतालुहरूले बिहान स्नान गरी शिवलिंगमा जल, दूध अर्पण गर्छन् र बेलपत्र, धतुरा, फूलफल चढाएर पूजा गर्छन्।

शिवपूजाबाट अटुट सौभाग्य, मनोकामना पूर्ति र पारिवारिक खुशी, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक मान्यता छ।

आजको दिन काठमाडौं उपत्यकासहित देशभरका शिवमन्दिरहरूमा श्रद्धालुहरू लाइनमा बसेर पूजाअर्चना गरिरहेका छन्। ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका प्रमुख मन्दिरहरूमा पनि उत्तिकै भीड देखिएको छ।

पशुपतिनाथमा विशेष व्यवस्था

राष्ट्रिय शिवमन्दिर पशुपतिनाथमा आज विशेष चहलपहल छ। श्रद्धालुहरूका लागि सुविधा मिलाउन मन्दिरका चारैवटा ढोका आज बिहान ३ बजेदेखि नै खुला गरिएको थियो।

पशुपति क्षेत्र विकास कोषको अनुमानअनुसार आज करिब ५ लाख भक्तजनले मूल मन्दिरमा प्रवेश गरी दर्शन गर्ने अपेक्षा गरिएको छ।

कोषले यस वर्षदेखि साउनका सोमबारहरूमा पशुपति दर्शनका लागि आउने भक्तजनहरूलाई चक्रपथमा निःशुल्क बस सेवा सुरू गरेको छ। चारवटा बसले परिक्रमा गर्दै सेवा दिने यो व्यवस्था साउनका सबै सोमबार जारी रहनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]