३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरकी सृजा पोखरेल बनिन् एनआरएनए तास्मानिया नारी निकुञ्जको महिला संयोजक

Logo
जनचर्चा संवाददाता

विराटनगर,१३ साउन ।
विराटनगरकी सृजा पोखरेल् एनआरएनए अस्ट्रेलिया स्थित तास्मानिया नारी निकुञ्जको महिला संयोजकमा विजयी भएकी छन् । तास्मानियामा बसोबास गर्ने नेपाली महिलाहरूको आवाज र सशक्तिकरणको अभियानलाई संस्थागत बनाउँन भन्दै उम्मेदवारी दिएकी पोखरेल विजयी बन्न सफल भएकी हुन्।

नेपालबाट २०१८ मा तास्मानिया पुगेकी पोखरेल विगत ६ वर्षदेखि नेपाली समुदायको सेवा र पहिचानको संरक्षणमा निरन्तर सक्रिय छिन्। चाहे नेपाली भाषा र लोकनृत्य सिकाउने शिक्षिका, नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको कार्यकारी सदस्य, रेडक्रसमा स्वास्थ्य शिक्षिकाकारुपमा उनको योगदान बहुआयामिक रहँदै आएको थियो ।

विजयी भएसंगै पोखरेलले भनेकी छन् “समुदायसँगको मेरो यो यात्रा केवल जिम्मेवारी होइन, यो मेरो आत्मीयता र पहिचानको निरन्तर यात्रासँग जोडिएको छ। अब महिलाहरूको निर्णायक सहभागिता र नेतृत्व विकासमा सशक्त अभियान अघि बढाउने प्रतिबद्धताका साथ काम गर्ने छु । ” उनको घर विराटनगर -२ स्थित सरस्वतीटोलमा रहेको छ । नेपालमा रहदा पनि युवा अभियन्ताकारुपमा सक्रिय पोखरेल हाल अस्ट्रेलियामा पनि सामाजिक सक्रियतामा ख्याती कमाउदै छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]