०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलन सकेर तुर्कमेनिस्तानबाट स्वदेश फर्किंदै प्रम ओली

Logo
जनचर्चा संवाददाता

२३ साउन, काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार स्वदेश फर्किंदैछन् ।

साउन १८ मा तुर्कमेनिस्तान प्रस्थान गरेका ओली शुक्रवार राति काठमाडौं आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालको अध्यक्षतामा रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भएको थियो । उक्त सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा ओलीले सम्बोधन गरेका थिए । सम्मेलन अवधिमा उनले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरे ।

उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमाले सांसद सूर्य थापा, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी, मिडियाकर्मी र सुरक्षाकर्मी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]