०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

हुलाकी राजमार्ग नबनेपछि सांसद पराजुलीद्धारा अनशनको घोषणा

Logo
जनचर्चा संवाददाता

विराटनगर २६ साउन । हुलाकी राजमार्गको मोरङ खण्ड अन्र्तगत ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गर्नु भएको छ । तत्काल काम अघि बढाउन माग गर्दै प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गर्नुभएको हो ।

आज कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो,‘ सडक निर्माणका लागि आफ्नै सरकारकाविरुद्ध आन्दोलन गरियो, अनसन पनि बस्यौं,पटक पटक सहमति हुन्छ तर बाटो बन्दैन ।’ बाटो हिँड्दा अत्यन्त अप्ठेरो र असहज छ, साइकल, सिटी रिक्सामा मोटरसाइकलमा हिड्नेलाई कति गाह्रो भएको होला उहाँले भन्नुभयो । उहाँले सरकार भन्दा ठेकेदार बलियो देखिएको गुनासो गर्नुभयो । सडक निर्माणका लागि प्रदेश सरकारलाई अग्रसरता लिन आग्रह गर्नुभयो ।

अलपत्र सडक राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये हाटखोलादेखि रामचोकसम्म ६ किलोमिटर काम अतिसुस्त गतिमा छ । अन्य क्षेत्रको काम लगभग पूरा भएको छ ।

२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्राली काठमाडौंले ठेक्का लिएको यो सडकको काम असारसम्म जम्मा २२ प्रतिशत मात्रै प्रगति छ । पानी पर्दा हिलोका कारण हिँड्न नसकिने यो सडक घाम लाग्दा धुलोका कारण हिँड्न सक्ने अवस्था नरहेको पराजुलीले बताउनुभयो ।

लामो समय सम्म सडक नबनेपछि गत विहिबार कटहरी खण्डमा स्थानीयले धान रोपेका थिए । सडक नबनेपछि कटहरी गाउँपालिका–३ का स्थानीयले सडकमा सवारी आवागमन रोकेर धान रोपेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]