१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पि‍‍.यू. कलेज अफ ल मा बढ्दो विद्यार्थी चासो, भर्ना खुला

Logo
जनचर्चा संवाददाता

२९ श्रावण, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा भर्ना कार्यक्रम धमाधम भइरहेको छ। श्रावणको पहिलो साताबाटै सुरु भएको भर्ना कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरुको चासो देखिएको छ।

शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बि.एल.एल.बि र ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिईदैछ। उक्त शैक्षिक कार्यक्रमहरु बार्षिक प्रणालीमा संचालित हुने कार्यक्रमहरु हुन्। बि.एल.एल.बि कार्यक्रम दिवा सत्रमा र एल.एल.बि कार्यक्रम सन्ध्याकालिन सत्रमा संचालन हुनेछ।

५ वर्षे बि.एल.एल.बि कार्यक्रममा आवेदन दिन विद्यार्थीले प्लस टु वा सो सरह पास गरी न्यूनतम २.० जिपिए हासिल गरेको हुनुपर्नेछ। ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा भर्नाका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह पास गरेको हुनुपर्नेछ। कक्षा १२ को परीक्षा दिएर नतिजा प्रकाशनको प्रतीक्षामा रहेका विद्यार्थीहरुले एसइइ र कक्षा ११ को मार्कसीट राखेर आवेदन दिन सक्ने कलेज प्रशासनले जनाएको छ।

बढ्दो विद्यार्थी चासो

कलेज प्रशासनको अथक प्रयासले विद्यार्थीहरुमा कानूनको आकर्षण बढेको देखिन्छ। प्रशासन प्रमुख एडभोकेट सुजन दाहलका अनुसार वर्षेनी कानून पढ्न चाहने, भर्ना हुने तथा आउनेको संख्या बढ्दो छ। महिना दिनभित्रमै कलेजमा प्रत्यक्ष भ्रमण गरी बुझ्नेको संख्या ५ सय नाघिसकेको छ। फोन सम्पर्क र अन्य माध्यमबाट २ हजार बढीले भर्ना सम्बन्धी जानकारी लिइसकेका छन्।

दाहलका अनुसार पहिले त्रिभुवन विश्वविद्यालयमा कानून अध्ययनको जुन आकर्षण थियो, अहिले पूर्वाञ्चल विश्वविद्यालयमा पनि त्यही अवस्था देखिएको छ। यो प्रवृत्ति जारी रह्यो भने सिट संख्याले आवेदकहरुको माग पूरा गर्न नसक्ने स्थिति आउने उनले बताए।

प्रवेश परीक्षाको मिति पछि सार्वजनिक गरिने र विद्यार्थीहरुलाई छात्रवृत्ति तथा आरक्षित छात्रवृत्ति समेत प्रदान गर्ने तयारी गरिदैछ। यसका लागि पूर्वाञ्चल विश्वविद्यालय कानून संकाय डीनको कार्यालयबाट छुट्टै सूचना प्रकाशित गरिने बताईएछ।

कलेज अफ ल पूर्वाञ्चल विश्वविद्यालयको आँगिक क्याम्पस भएकाले उक्त कलेजमा न्यूनतम शुल्कमा गुणस्तरीय कानूनी शिक्षा प्राप्त गर्न सकिने कुरा कलेजका निर्देशक महेश प्रसाद निरौलाले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]