०१ माघ २०८२, बुधबार
14-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

पि‍‍.यू. कलेज अफ ल मा बढ्दो विद्यार्थी चासो, भर्ना खुला

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, साउन ३१, २०८२

२९ श्रावण, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा भर्ना कार्यक्रम धमाधम भइरहेको छ। श्रावणको पहिलो साताबाटै सुरु भएको भर्ना कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरुको चासो देखिएको छ।

शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बि.एल.एल.बि र ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिईदैछ। उक्त शैक्षिक कार्यक्रमहरु बार्षिक प्रणालीमा संचालित हुने कार्यक्रमहरु हुन्। बि.एल.एल.बि कार्यक्रम दिवा सत्रमा र एल.एल.बि कार्यक्रम सन्ध्याकालिन सत्रमा संचालन हुनेछ।

५ वर्षे बि.एल.एल.बि कार्यक्रममा आवेदन दिन विद्यार्थीले प्लस टु वा सो सरह पास गरी न्यूनतम २.० जिपिए हासिल गरेको हुनुपर्नेछ। ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा भर्नाका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह पास गरेको हुनुपर्नेछ। कक्षा १२ को परीक्षा दिएर नतिजा प्रकाशनको प्रतीक्षामा रहेका विद्यार्थीहरुले एसइइ र कक्षा ११ को मार्कसीट राखेर आवेदन दिन सक्ने कलेज प्रशासनले जनाएको छ।

बढ्दो विद्यार्थी चासो

कलेज प्रशासनको अथक प्रयासले विद्यार्थीहरुमा कानूनको आकर्षण बढेको देखिन्छ। प्रशासन प्रमुख एडभोकेट सुजन दाहलका अनुसार वर्षेनी कानून पढ्न चाहने, भर्ना हुने तथा आउनेको संख्या बढ्दो छ। महिना दिनभित्रमै कलेजमा प्रत्यक्ष भ्रमण गरी बुझ्नेको संख्या ५ सय नाघिसकेको छ। फोन सम्पर्क र अन्य माध्यमबाट २ हजार बढीले भर्ना सम्बन्धी जानकारी लिइसकेका छन्।

दाहलका अनुसार पहिले त्रिभुवन विश्वविद्यालयमा कानून अध्ययनको जुन आकर्षण थियो, अहिले पूर्वाञ्चल विश्वविद्यालयमा पनि त्यही अवस्था देखिएको छ। यो प्रवृत्ति जारी रह्यो भने सिट संख्याले आवेदकहरुको माग पूरा गर्न नसक्ने स्थिति आउने उनले बताए।

प्रवेश परीक्षाको मिति पछि सार्वजनिक गरिने र विद्यार्थीहरुलाई छात्रवृत्ति तथा आरक्षित छात्रवृत्ति समेत प्रदान गर्ने तयारी गरिदैछ। यसका लागि पूर्वाञ्चल विश्वविद्यालय कानून संकाय डीनको कार्यालयबाट छुट्टै सूचना प्रकाशित गरिने बताईएछ।

कलेज अफ ल पूर्वाञ्चल विश्वविद्यालयको आँगिक क्याम्पस भएकाले उक्त कलेजमा न्यूनतम शुल्कमा गुणस्तरीय कानूनी शिक्षा प्राप्त गर्न सकिने कुरा कलेजका निर्देशक महेश प्रसाद निरौलाले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]