०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङका चार पालिकाको फोहोर मैला व्यवस्थापन केन्द्र रंगेलीमा

Logo
जनचर्चा संवाददाता

विराटनगर,१४ भदौ । फोहोरमैला व्यवस्थापनका लागि कोशी प्रदेश सरकार र स्थानीय तहबीच संझौता भएको छ । मोरङ जिल्लाका चार तथा इलामका दुई स्थानीय तहबीच सम्झौता भएको हो । कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर र रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी गाउँपालिका तथा धनपालथान गाउँपालिकाबीच फोहोरमैला व्यवस्थापन रणनीतिक साझेदारी कार्यक्रमबारेको समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस्तै इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले पनि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

मोरङका चार पालिकाको फोहोर मैला व्यवस्थापन केन्द्र रंगेलीमा हुनेछ भने इलामका दुई पालिकाको केन्द्र सूर्योदय रहने जनाएको छ । यो साझेदारीले प्रदेशलाई स्वच्छ, सुन्दर र स्वस्थ बनाउने लक्ष्य लिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले यस परियोजनाको मुख्य कार्यान्वयनकर्ताको रूपमा भूमिका खेल्नेछ । मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) वातावरणीय प्रभाव मूल्याङ्कन, बजेट व्यवस्थापन, प्राविधिक सहयोग र आवश्यक पूर्वाधार विकासमा सहयोग पुर्याउने छ ।

साझेदारीमा रहेका मोरङको रङ्गेली, सुनवर्षी, कानेपोखरी र धनपालथान गाउँपालिकाले परियोजनाको रणनीतिक साझेदारको रूपमा काम गर्नेछन् । यस्तै इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकासँग पनि मन्त्रालयले समझदारी गरेको छ । पालिकाले परियोजनाको स्थानीय कार्यान्वयन, जग्गा व्यवस्थापन (ल्यान्डफिल साइटको लागि), जनचेतना अभिवृद्धि, सङ्कलन तथा प्राथमिक प्रशोधनमा सहयोग गर्नेछन् ।

यो समझदारीपत्रले प्रदेशको समग्र सरसफाई र वातावरणीय स्वच्छताका लागि दीर्घकालीन योजनाको आधार तयार गर्नेमा आफु विश्वस्त रहेको भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले बताए । समझदारी पत्रमा मन्त्रालयको तर्फबाट निमित्त सचिव रमेश श्रेष्ठले र रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी, धनपालनाथ गाउँपालिकाका अध्यक्ष जिबछ गच्छदार तथा कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्नामले हस्ताक्षर गरेकी छिन् । यस्तै इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवासले हस्ताक्षर गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]