०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मोरङका चार पालिकाको फोहोर मैला व्यवस्थापन केन्द्र रंगेलीमा

Logo
जनचर्चा संवाददाता

विराटनगर,१४ भदौ । फोहोरमैला व्यवस्थापनका लागि कोशी प्रदेश सरकार र स्थानीय तहबीच संझौता भएको छ । मोरङ जिल्लाका चार तथा इलामका दुई स्थानीय तहबीच सम्झौता भएको हो । कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर र रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी गाउँपालिका तथा धनपालथान गाउँपालिकाबीच फोहोरमैला व्यवस्थापन रणनीतिक साझेदारी कार्यक्रमबारेको समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस्तै इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले पनि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

मोरङका चार पालिकाको फोहोर मैला व्यवस्थापन केन्द्र रंगेलीमा हुनेछ भने इलामका दुई पालिकाको केन्द्र सूर्योदय रहने जनाएको छ । यो साझेदारीले प्रदेशलाई स्वच्छ, सुन्दर र स्वस्थ बनाउने लक्ष्य लिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले यस परियोजनाको मुख्य कार्यान्वयनकर्ताको रूपमा भूमिका खेल्नेछ । मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) वातावरणीय प्रभाव मूल्याङ्कन, बजेट व्यवस्थापन, प्राविधिक सहयोग र आवश्यक पूर्वाधार विकासमा सहयोग पुर्याउने छ ।

साझेदारीमा रहेका मोरङको रङ्गेली, सुनवर्षी, कानेपोखरी र धनपालथान गाउँपालिकाले परियोजनाको रणनीतिक साझेदारको रूपमा काम गर्नेछन् । यस्तै इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकासँग पनि मन्त्रालयले समझदारी गरेको छ । पालिकाले परियोजनाको स्थानीय कार्यान्वयन, जग्गा व्यवस्थापन (ल्यान्डफिल साइटको लागि), जनचेतना अभिवृद्धि, सङ्कलन तथा प्राथमिक प्रशोधनमा सहयोग गर्नेछन् ।

यो समझदारीपत्रले प्रदेशको समग्र सरसफाई र वातावरणीय स्वच्छताका लागि दीर्घकालीन योजनाको आधार तयार गर्नेमा आफु विश्वस्त रहेको भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले बताए । समझदारी पत्रमा मन्त्रालयको तर्फबाट निमित्त सचिव रमेश श्रेष्ठले र रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी, धनपालनाथ गाउँपालिकाका अध्यक्ष जिबछ गच्छदार तथा कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्नामले हस्ताक्षर गरेकी छिन् । यस्तै इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवासले हस्ताक्षर गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]