०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मध्यरात प्रसाईं पक्राउ, नागरिक बचाउ दलद्वारा देशव्यापी प्रदर्शनको घोषणा

Logo
जनचर्चा संवाददाता

काठमाडौं, २ मंसिर – प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित उनको आवासबाट प्रसाईंलाई नियन्त्रणमा लिएको हो।

हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

राजावादी गतिविधिमा सक्रिय प्रसाईं यसअघि पनि प्रहरीको नियन्त्रणमा परेका थिए। गत चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका उनी अदालतको आदेशपछि रिहा भएका थिए। त्यसपछि उनी बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायतका मागसहित मंसिर ७ गतेदेखि आन्दोलनको तयारीमा जुटेका थिए।

तर योजनाबद्ध आन्दोलन सुरु हुनुअघि नै प्रहरीले उनलाई गिरफ्तार गरेपछि नागरिक बचाउ दलले तोकिएको मितिको प्रतीक्षा नगरी आजैबाट संघर्षमा उत्रने घोषणा गरेको छ। पार्टीका महामन्त्री प्रेमकुमार थाम्सुहाङले प्रसाईंको गिरफ्तारीलाई अपहरण शैलीको संज्ञा दिँदै सरकारले शान्ति भंग गरेको आरोप लगाए। संगठनले आज पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने र त्यसपछि देशव्यापी प्रदर्शन सुरु गर्ने महामन्त्री थाम्सुहाङले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]